20190314

राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर

सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएकोसंघीय मुलकमा बन्दको ब्यापक प्रभाव परेको देखिएको हो । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक
सुरु गरेका थिए ।
बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।
विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाइएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । यस्तै बन्दै क्रममा पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। विप्लप कार्यकर्ताको अज्ञात समूहले आगजनी गरेका प्रहरीले जानकारी दिएको छ । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको थियो । आगजनीका कारण कुनै पनि मानवीय क्षती नभएको बताइएको छ ।
आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो।
यता चीतवनको थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।
दमकमा जिप तोडफोड
झापाको दमक चोक पश्चिममा एक जिपमा अज्ञात समूहले तोडफोड गरेका छन् । पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड गरेको दमक ५ का चालक सुरेन्द्र बस्नेतले बताए ।
इलाका प्रहरी कार्यालय दमक बाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोल पम्प छेउमा भएको उक्त घटनामा गाडिको अगाडिको सिसा फुटेको छ । ‘कोसी पारिबाट विवाहमा सहभागी भएर आउँदै थियौ घर आई पुग्न करिब दुई सय मिटर मात्र बाकि थियो एक्कासि गाडिमा ढुङ्गा बर्सियो’ बस्नेतले भने, ‘ढुङ्गा छिरेर स्टेरिङ्गमा लागेपनि आफूलाई केही भएन ।’
कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लवका तीनजना पक्राउ
नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।
बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।
बुटवलमा बम
नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द ’विप्लव’ समूहले बुटवलको कालिकानगरमा राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो । बन्द सफल बनाउन राखिएको बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम राखिएपछि सिद्धार्थराजमार्गमा चलिरहेका निजी यातायातका साधनसमेत रोकिएका छन् ।बन्दले रुपन्देहीको जनजीवन प्रभावित बनाएको छ । सार्वजनिक साधन चलेका छैनन् ।
प्युठानमा बम
प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।
गोरखामा झोलाभित्र प्रेसर कुकर बमगोरखामा २ ठाउँमा झोलामा राखेको प्रेसर कुकर बम भेटिएको छ । दुबै बम रहेको स्थानमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बम राखेको प्रहरीले अनुमान गरेको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।
तर, गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

थाहा नगरमा बम
उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।
पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको एसपी सिंहले जानकारी दिए ।
बाजुराका दुई ठाउँमा श‌ंकास्पद बस्तु
बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। 


अवैध हतियार बुझाउन आह्वान 


सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।
उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक