20190312

Breaking News ! ओली सरकारद्वारा नेकपा माओवादीको बिप्लब समूहमाथि प्रतिबन्ध, देश फेरी हत्या, हिँसा र अराजकता तर्फ जाने भय !

Image result for नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएकाे बताए । याे प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएकाे स्राेतले जनाएकाे छ । विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति

सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हाे । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको  छ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हिजो संसदमा गृहमन्त्रीले जे बोल्नु भएको थियो, त्यही विषयलाई प्रस्ताव लैजानु भएको थियो । त्यसअनुसार नै निर्णय भएको छ ।’ उनका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक