20190322

नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरीयामा मञ्चको शाखा गठन

- यज्ञ ढकाल 
नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरीयामा मञ्चको शाखा गठन भएको छ । नेपाल पत्रकार मञ्चसँग आवद्ध क्यानडामा स्थायी वसोवास गर्ने पत्रकारहरुको एक भेलाले पत्रकार श्रीकृष्ण फुयालको अध्यक्षतामा शाखा
गठन भएको हो । शाखा गठन गर्दा नेपाल पत्रकार मञ्चका केन्दिय सदस्य लक्ष्मण पन्थीको उपस्थितिमा शाखा गठन भएको हो । शाखाका उपाध्यक्षमा रामकृष्ण रेग्मी, सचिबमा हेम बहादुर थापा, कोषाध्यक्षमा दिपेन्द्र मैनाल र सदस्यमा पार्वती पौडेल रहेको शाखाका अध्यक्ष श्रीकृष्ण फुयाँलले जनाएका हुन । कार्यक्रम एभरेस्ट तेकेन्दो एकेडेमी, ओन्टारियो, तोरोन्टो क्यानडामा भएको हो । त्यसैगरि दक्षिण कोरियामा पनि नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन भएको छ । दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा एक कार्यक्रमका वीच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको हो । नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा। सृजना थापाको सभापतित्वमा बसेको बैठकले सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् । यी दुई शाखालाई नेपाल पत्रका मञ्चको केन्दिय समितिको बैठकले अनुमोदन समेत गरेको नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापाले बताएका छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक