20190325

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदा ४ जनाको ज्यान गयो

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदा ४ जनाको ज्यान गएकाे छ । ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा शनिबार दिउँसो साढे ४ बजे ग्यास सिलिन्डर विस्फोट भएको थियो । मृतक सबै भोटेकोशी गाउँपालिका-४ का स्थानीय रहेको तर पहिचान नखुलेको कसजुको भनाइ छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्र.ना.उ माधव प्रसाद काफ्लेका अनुसार घटनालगत्तै बाह्रबिसेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक