20190329

नेपालमा गरिएको लगानी सुरक्षित हुने : प्रधानमन्त्री केपी शर्मा ओली

नेपालमा गरिएको लगानी सुरक्षित हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । विदेशी लगानीकर्ताले अब आप्mनो लगानी असुरक्षित हुन्छ भनेर डराउनुनपर्ने उनले बताए । अहिले नेपालमा लगानी गर्न राम्रो वातावरण
बनिसकेकोमा पनि उनले जोड दिए । पछिल्लो समय धेरै जस्तो औद्योगिक व्यवसायी ऐन कानुन संशोधन गरिसकेका छन् । विदेशी लगानीकर्ताले आप्mनो लगानी फिर्ता लिन चाहे सुरक्षित रूपमा लिन सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
औद्योगिक, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा गर्नका लागि स्वदेशी पँुजीले मात्र पर्याप्त नहुने भएकाले विदेशी लगानीको आवश्यकता भएको उनले बताए । स्वदेशी पुँजीमा प्रयोग गरेर पूर्वाधार विकास गर्दा विकासमा धेरै पछि पर्ने भएकाले विदेशी लगानीको आवश्यकता भएकोमा उनले जोड दिए ।
अब एकै स्थानबाट सबै काम गर्न सक्ने व्यवस्था मिलाएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले दोहोरो कर सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमै छलफल गरिरहेको बताए । ‘व्यापार मेला भनेको आप्mनो उत्पादनको प्रवद्र्धन र बिक्री वितरण गर्ने मात्र होइन । विभिन्न देशका व्यापारीबीचको सम्बन्ध बढाउनु पनि हो । सबै व्यापारीले आप्mनो व्याापार प्रवद्र्धन गर्दै पारस्परिक सम्बन्ध बढाउनु हुन्छ भन्ने विश्वास मैले लिएको छु,’ प्रधानमन्त्री ओलीले भने । उनले मेलामा विदेशी तथा स्वदेशी व्यापारीलाई आप्mनो तरिकाले मेलाबाट लाभ लिन आग्रह गरे । प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको विकासमा सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । अहिले नीति नियम कानुनमा औद्योगिक क्षेत्रको विकासमा कुनै बाधा परेको छ भने त्यसमा संशोधन गर्न आफू तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यावदले औद्योगिक क्षेत्रको विकासमा लगानी गर्न सरकार सधैं निजी व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताए । सरकार एक्लैले वैदेशिक व्यापारघाटा कम गर्न नसक्ने उनको भनाइ थियो । व्यापारघाटा कम गर्न निजी क्षेत्रको ठूलो योगदान हुने पनि मन्त्री यादवले बताए । औद्योगिक क्षेत्र विकासका लागि सरकार सधैं सहयोग गर्न तयार रहेको उनको जिकिर थियो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अन्तर्राष्ट्रिय मेलामा स्वदेशी वस्तुहरूको उत्पादन प्रवद्र्धन आयात प्रतिस्थापन, निर्यात वृद्धि गर्नुका साथै व्यापारीबीच पारस्परिक सम्बन्ध बढी रहेको बताइन् । मेलाले निर्यातजन्य स्वदेशी वस्तुहरूको प्रवद्र्धन एवं अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा समेत ठूलो सहयोग पुग्नेमा उनले जोड दिइन् । नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजनाका लागि ठूला भौतिक पूर्वाधार नभएकाले धेरै देशका व्यापारीले मेला आउन चाहँदा चाहँदै पनि नआएको उनले बताइन् । स्वदेशी उत्पादनलाई विदेशी बजारमा प्रर्वद्धन गर्न अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार आवश्यक रहेको बताइन् । सरकारले सो भौतिक पूर्वाधार बनाउन निजी क्षेत्रलाई दिए महासंघ बनाउन तयार भएको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले आँखा च्यापेर विदेशी लगानी स्वदेशीमा भिœयाउँदा देशका लागि घातक हुन सक्ने बताए । सरकारले विदेशी लगानी भिœयाउँदा गहिरो अध्ययन गरेर मात्र भिœयाउन आग्रह गरे । महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा विभिन्न देशका व्यापारीको सहभागिता जनाकारी गराएका थिए । चीनबाट ९० वटा, भारतबाट १० वटा, बंगलादेशबाट ४० वटा व्यवसायीका स्टल रहने जानकारी गराए । यसैगरी, स्वदेशी र विदेशी गरी कुल २२५ भन्दाबढी स्टल रहने उनले बताए ।
स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए । उनले यस मेलामा भारत, चीन, बंगलादेश पाकिस्तानलगायतका देशका उद्यमी व्यवसायीको सहभागिता रहने बताए । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तत्र्रिmया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टल रहनेछन् ।
मेलामा स्वदेशी र विदेशी गरी करिब डेढ लाख अवलोकनकर्ताले सहभागिता जनाउने लक्ष्य राखिएको र करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक