20190330

सबै संघ संस्थाहरुको सामुहिक सहभागितामा आगामी जुन २२ तारिख देखी २९ तारिख सम्म डिसी मेट्रो सप्ताह हुने, दीनबन्धु आउँदै

Image may contain: 5 people, including Khagendra Adhikari, people sitting and indoorअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका उपाध्यक्ष एबम डिसी क्षेत्रमा धार्मिक कार्य गर्दै आएको उदाहरणिय संस्था डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेतीको सँयोजकत्वमा डिसी क्षेत्रका सबै संघ संस्थाहरुको सामुहिक सहभागितामा
आगामी जुन २२ तारिख देखी २९ तारिख सम्म हुन गैरहेको डिसी मेट्रो सप्ताहको तयारी बैठक एबम सबै संघसंस्थाको बिचमा यसलाई कसरी सफल पार्ने भन्ने सन्दर्भमा आयोजित भेला फेयरफ्याक्सको बर्कमा सम्पन्न भएको छ ।
डिसी मेट्रो सप्ताहका लागि पण्डित दीनबन्धु पोखरेललाई आमन्त्रण गरिसकिएको र डिसी मेट्रो सप्ताह ब्राडक रोड सेन्टरभिल नजिक लोटस टेम्पलमा हुने सँयोजक अरुण रुपाखेतीले बताउनुभयो । पण्डित पोखरेल र मन्दिरसँग सम्झौता गरिसकिएको पनि वहाँले बताउनुभयो । डिसी मेट्रो सप्ताहका लागि शुरु देखी खटिरहेका डिसी नेपाली समाजका उपाध्यक्ष दधि ढुङ्गानाले सप्ताहको तयारी द्रुत गतिमा अघि बढेको बताउनुभयो ।

भेलामा बोल्दै सँयोजक रुपाखेती, उदघोसक ढुङ्गाना, समाजसेबीहरु डा बिष्णु पौडेल, प्रेम सङ्रौला, रामप्रसाद खनाल, डा. गोपी उप्रेती, गोपाल रेग्मी, ठाकुर ढकाल, सुनिल दाहाल, खगेन्द्र अधिकारी, भूप नारायण घर्तिमगर, मन थापा, कबिन्द्र सिटौला, प्रभा देउजा, प्रेम पौडेल, गोबिन्द सुबेदी, रामशरण हुमागाइँ, डा. होम बहादुर थापा, बिना घर्ति, मोहन निरौला, पुरु सुबेदी, बिमला निरौला, कमला खरेल, शान्ता न्यौपाने, भरत रेग्मी, राम चन्द्र भट्टराई, पुस्पा घिमिरे, गुणराज लुइटेल, कृष्ण धाराबासी, शुभद्रा पराजुली, प्रदीप ढकाल, परशु भण्डारी लगायत आदिले डिसी क्षेत्रका सबै नेपाली मिलेर नेपाली कम्युनिटी सेन्टर बनाउनुपर्ने कुरामा दुइमत नभएको बताउनु भयो । त्यस मध्ये कयौँले पारिबारीक रुपमा एक हजार डलर र संस्थागत पाँच हजार डलरका दरले सहयोग गर्ने प्रतिबध्दता पनि जनाउनुभयो ।

स्मरण रहोस यो सामाजिक अभियान हो र यसमा सबै संघसंस्था देखी यस क्षेत्रमा बस्ने प्राय नेपालीहरुले साथ र सहयोग गर्नेभएका छन । डिसी मेट्रो सप्ताहको भब्य सफलता प्रती अब शँका रहेन । बधाई सबै जोडीएका मनहरुलाई नेपाल मदर डट कम को तर्फ बाट पनि ।

डिसी मेट्रो सप्ताह सम्बन्धी केही प्रस्तुत पावर पोइन्ट प्रिजेन्टेसन र भेलाका तस्बीरहरु तल प्रस्तुतछन :





                                         

         






Press Release !

नेपाली अमेरिकन सामुदायिक केन्द्र र सो प्रयोजनका चन्दा दान दातब्य संकलन गर्न प्रस्तावित सप्ताह कार्यक्रम बारे डी.सी. मेट्रो क्षेत्रका ४० भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरू बीच हिंजो शनिवार, मार्च ३० तारिकका दिन एउटा फलदायी छलफल सम्पन्न भयो । 
वरिष्ठ समाज सेवी तथा सामुदायिक केन्द्र निर्माण अभियानका प्रमुख सल्लाहकार डा. विष्णु पौडेल ज्यूले मन्त्रोच्चारण गरी नेपाली मूलका भर्जिनिया बासीहरूले आपसी एकता गरी यो महत्वपूर्ण कार्य सफल बनाउन आग्रह गर्दै छलफलको शुभारम्भ गर्नु भयो । 

त्यसपछि सामुदायिक केन्द्र अभियानका तर्फबाट सामुदायिक केन्द्रका उद्देश्य, सप्ताहको औचित्य, संस्थागत सदस्यता र अन्तरसंस्था साझेदारीका क्षेत्र बारे प्रकाश पारिएको थियो । तत्पश्चात विभिन्न संघ संस्थाका पदाधिकारीहरूले आ-फ्ना धारणा प्रस्तुत गर्नुभयो । सबै वक्ताहरूले यो अभियान अत्यन्त आवश्यक रहेको र सामाजिक अभियन्ताहरूको यो प्रयास प्रसंशनीय रहेको भन्दै आ-आफ्ना संस्थाहरूको तर्फबाट भोलिन्टियर एवं अन्य सहयोगका साथसाथै संस्थागत सदस्यता लिन इच्छुक रहेको कुरा ब्यक्त गर्नुभयो । सप्ताह सँयोजक अरुण रुपाखेतीले आफ्नो सस्था डी.सी. नेपाली समाजले Institutional Founding Trustee  membership को सदाशयता लिने घोसणा गरे संगै अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, डी.सी. मेट्रो च्याप्टरका अध्यक्ष राम खनालले  र eNepalese का तर्फबाट विश्व थापाले पनि Institutional Founding Trustee  membership  सदस्षता लिने घोषणा गर्नुभयो भने SAAN को तर्फबाट वरिष्ट समाजसेवी तथा सो संस्थाकी अध्यक्ष मञ्जु संग्रौला ले $१००० सहयोग गरी Institutional Founding membership लिने घोषणा गर्नुभयो ।
उपस्थित महानुभावहरू सबैले अर्थ, मन, बचन, र कर्मले सहयोग गर्ने बताउनु भयो भने ११ जना महानुभावले Family Founding Membership लिने प्रतिबद्धता तत्काल सार्वजनिक गर्नु भयो । 
सो छलफल कार्यक्रममा सहभागीहरू द्वारा देहायका सुझाव दिइयो:
१.संस्थाको नाम नेपाली अमेरिकन शिक्षा तथा संस्कृति केन्द्र बनाउन उपयुक्त हुने
 २. नगद मात्र नभएर जिन्सी सहयोग र भोलिनटियर हरूको समयलाई पनि सहयोगको रूपमा गणना गर्नु पर्ने
 ३. व्यापक प्रचार प्रसारका लागि स्थानीय समुदायहरूसम्म पुगी अन्तरक्रिय गर्नु पर्ने र 
 ४. अब सामुदायिक केन्द्रको औचित्यका बारेमा भन्दा कसरी लक्ष्यमा पुग्ने भन्नेमा वहसहरू केन्द्रित हुनु पर्नेमा जोड़ दिनु पर्ने

छलफलमा सामुदायिक केन्द्रको लागि अघि बढाइएको यो अभियान प्रति सहभागीहरूको ठूलो उत्साह देखिएको थियो ।
छलफल कार्यक्रम बर्क शहरको एक पुस्कालयमा विहान ८:३० देखि ११:३० सम्म चलेको थियो ।”

Thank You 

DC Metro Saptaha Organizing Committee 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक