20190331

बारामा २७ र पर्सामा एक जना गरी कुल २८ जनाको मृत्यु भएको पुष्टि, तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने

हुरी
आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएको गृह मन्त्रायलका अधिकारीहरूले बताएका छन्। सोमवार बिहान प्राप्त पछिल्लो विवरणअनुसार बारामा २७ जनाको र पर्सामा एक जनाको गरी कुल २८ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।अहिलेसम्म बारामा २७ जनाको र पर्सामा एक जनाको गरी कुल २८ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्। घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। यसअघि राति १०:३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५
जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए। प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएको बीबीसी संवाददाता माधुरी महतोले वीरजन्जबाट बताएकी छन्।



खरीबोट

बारा । आईतवार साँझ करिब साँढे सात बजेको 

ठूलो घटना

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, "गम्भीर प्रकृतिका घाइतेको सङ्ख्या निकै उच्च पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ।"
प्रमुख जिल्ला अधिकारीले घाइतेहरूको निःशुल्क उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएका छन्।
हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ।
बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।
खरीबोट


हुरी

वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतो भन्छिन्, "झन्डै आधा घण्टा चलेको हुरीलगत्तै उद्दारका लागि थुप्रै दमकल र प्रहरीका गाडिको आवाज सुनिएको थियो। स्थानीय अस्पतालहरूले घाइतेको सङ्ख्या निकै बढेपछि भुइँमै राखेर उपचार गरिएको बताएका छन्।"
पर्साका प्रमुख जिल्ला अधिकारीले नारायणप्रसाद भट्टराईका अनुसार अस्पतालमा बढेको चापको कारण साँझदेखि नै रक्तदानको आह्वान गरिएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी भट्टराई थप्छन्, "अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो। सम्पूर्ण घाइतेको नि:शुल्क उपचारको व्यवस्था गरिएको छ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक