20190417

भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु !

भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, पश्चिम राज्य गुजरातको कैयाैं जिल्लामा आएको धुलोसहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला यस आँधीका कारण प्रभावित भएका छन् ।
बेमौसमी वर्षा र आँधीका कारण मध्यप्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले प्रतिबद्धता जनाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक