20190415

बिकास निर्माणमा जताततै भ्रस्टाचार र अनियमितता, कतै बन्न नपाउँदै भत्कँदै, कतै काम अधुरा र बजेट बढेको बढै, लुट कान्छा लुट !!

Image result for गुल्मीमा निर्माणाधीन पुल भाँच्चियो
गुल्मीमा निर्माणाधीन पुल भाँच्चियो, ठेकेदारसहित ५ जना घाइतेगुल्मी / मुसिकोट नगरपालिका– ७ झेँदी र – ३ बडागाउँ जोड्ने पक्की मोटरेबल पुल ढलान सुरु भएको दुइ दिनै भत्किएको छ । ५३ मिटर लम्बाइ ७ दशमलव २० मिटर चौडाइ भएको पुलले आफ्नो तौल थाम्न नसेकेको कारण भत्किएको हो । पुल भत्किदा ५ जना घाइते समेत भएका छन् । घाइते हुनेहरुमा पुलका ठेकेदार चितवन
चैनपुरका ऋषीराम इटानी, मुसिकोट नगरपालिका– ३ का रनबहादुर राना(२३), सोही ठाँउका गणेश राना(३३), मुसिकोट नगरपालिका–४ का रुद्रबहादुर कार्की(५१) र डोजरका सहचालक बडिगाड– ७ बाग्लुङ्गका तुलबहादुर राना रहेको बामी प्रहरी चौकीले जनाएको छ । घाइते सातै जनालाई उपचारको लागि पठाइएको छ । पुल भाँच्चिएपछि राज्यलाई करोडौ रुपैयाँ घाटा भएको छ । ढलान सुरु भएको दुई दिनमै पुल भत्किएपछि स्थानीयको पुल तर्ने आशा तत्कालै पूरा नहुने भएको छ । वाइपी एण्ड जयबुद्ध जेभीले २०७५ साल असार भित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । ५ करोड १७ लाख ८४ हजार रुपैयाँ लागत रहेको पुल निर्माण कार्य ठेक्का सम्झौताको एक बर्ष ढिलाएर सुरु भएको थियो । प्राविधिक त्रुटी ५५ मिटर लम्बाइ भएको पुलको बीचमा भाग एउटा पनि खम्बा नरहँदा पुल भाँच्चिएको हो । स्थानीयले ठुलो र लामो पुलको बिचमा एउटा पनि खम्बा नरहँदा शंका लिदै आएका पनि थिए । यद्यपि पुलको दुइ पटक डिजाइन गरिएको थियो । यस अघिको डिजाइन होचो भएर एक मिटर उचाइ बढाउने गरी दास्रो पटक डिजाइन तथा स्टिमेट गरिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । जसले गर्दा निर्माण कार्य एक बर्ष ढिलाइ भइसकेको थियो । बाढीले थप क्षति यसैबीच बडिगाड खोलामा आएको बाढीले पुललाई थप क्षति पु¥याएको छ । बीचको आधाभाग मात्र भाँचिएको पुल बाढीले पुरै भत्किएको छ । बाग्लुङ्गको दुदिलाभाटीमा आएको बर्षाले दरमखोलामा एकाएक बाढी आएपछि बडिगाड नदीमा मिसिदा पुल पुरै भाँच्चिएको हो । पुल माथीबाट पानी बग्न थालेको छ । - अनिश शर्मा गैरे
Image result for गुल्मीमा निर्माणाधीन पुल भाँच्चियो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक