20190409

भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा) का एक विधायकसहित पाँच जनाको मृत्यु


२०५२ सालदेखी शुरु भएको नेपालको माओवादी युध्दको जन्मदाता, पालक, पोसक, निर्देशक भन्दै आरोप लाग्दै आएको भारतले अहिले आफै माओवादी आतंकको सामना गरिरहेको छ । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता
पार्टी (भाजपा) का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीआईजी पी सुन्दरराजले जानकारी दिए । प्रहरीका अनुसार बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको थियो । विस्फोटमा बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । यो आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको हो ।
*********************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक