20190630

शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र "लक्का जवान" बन्ने भयो, गरियो काठमाडौंमा घोषणा, सबै विवरण केही दिन पछी सार्वजनिक गरिने

Image may contain: 1 person, sunglasses and closeup
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रिय उपाध्यक्ष एबम नेपाल शाखाका अध्यक्ष अग्रज हाँस्य कलाकार, फिल्म निर्माता, किसी जोडी ( किरण केसी शिवहरी पौडेलको जोडी ) का एक हस्ती शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र लक्का जवान बन्ने भएको छ ।
उक्त कुरा आज काठमाडौंमा आयोजित किरण केसी जन्मोत्सब कार्यक्रममा चलचित्र लक्का जवानका लेखक, निर्देशक एबम कलाकार शिवहरी पौड्याल र सह निर्माता किरण केसीले संयुक्त रुपमा घोषणा गर्नुभएको हो ।


आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ पारिवारीक तथा कमेडी कथामा बन्न लागेको छ र यो  चलचित्र सँगै अग्रज कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रुपमा पनि नयाँ परिचय बनाउन लागेका छन । तर जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेकफेल लगायत कयौं सिरियल, कार्यक्रममा पनि निर्देशक को राम्रो र गडिलो परिचय पहिलेनै बनाइसकेका छन । ति अनुभबको आधारमा भन्न सकिन्छ कि शिवहरी लक्का जवान चलचित्र बाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन ।     

ध्रुव वन्त  र अनुसुया श्रेष्ठ वन्त मुख्य निर्माता रहेको चलचित्रका सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । यो चलचित्रको बिषयमा निर्देशक पौडेलले भने–‘चलचित्रलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ । चलचित्रको बिषयमा अन्य जानकारी हामी पछि दिनेछौ ।’   

अत्यन्त लोकप्रिय हाँस्य कलाकार, प्रतिभावान कलाकार, बहुमुखी प्रतिभाका उदाहरणिय कलाकार शिबहरी पौड्याल र वहाँको सम्पूर्ण टिमलाई लक्का जवान चलचित्रको एतिहासिक सफलताको शुभकामना । 

Image may contain: 3 people, people smiling
Image may contain: 5 people, including Shivahari Paudyal, people smiling, people standing

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक