20190725

अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजना

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति "मुर्दाहरुको बस्ती", गीति सिडी " रामप्रसाद खनालका गीतहरु" र डिभिडी "रामप्रसाद खनालका सदाबहार गीतहरु" को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । 

नेपालका अग्रज कलाकारहरु क्रमश: सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको गुणस्तरीय उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भिस्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफु अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबध्द रहेको र यसले कला, सँस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनिय रहेकाले आफु अहिले पनि यो संस्थासँग जोडीइरहेको बताउनुभयो । 

नेपाल संगीत नाट्य प्रतिस्ठानका पूर्व उपकुलपती एबम संगीत बादशाह सम्भुजीत बास्कोटा, प्राज्ञ एबम गीतकार उन्नती बोहरा शिला, चलचित्र बिकास बोर्डका अध्यक्ष एबम अग्रज कलाकार केशब भट्टराई, प्राज्ञ एबम नाट्य बादशाह हरि बहादुर थापा लगायतका बक्ताले अन्तर्राष्ट्रिय कलाकार मञ्चको साकारआत्मक पक्ष र यसले गरेका योगदान को बिषयमा तारिफ गर्नुभयो । 

सबै बक्ताहरुले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एबम सर्जक रामप्रसाद खनालका बिमोचित कृति र वहाँले नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीतको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशँसा गर्नुभयो ।   


अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय कलाकार मञ्च एउटा स्वतन्त्र र कलाकारहरुको अन्तर्राष्ट्रिय  संगठन भएको बताउँदै यसले कलाकार र नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीत आदिलाई जोड्ने काम गरिरहेको बताउनुभयो । 

नेपाल शाखा स्थापना भएदेखी हाल सम्म अग्रज हाँस्य कलाकार शिवहरी पौड्याल र किरण केसी लगायतको टिमले गर्नुभएको योगदान प्रति हार्दिक धन्यवाद दिँदै नब निर्वाचित नेपाल शाखा अध्यक्ष लोकप्रिय कवि एबम कलाकार शैलेन्द्र सिम्खडा र वहाँको टिमलाई बधाई ज्ञापन गर्नुभयो । सिम्खडाजीको नेत्रित्वमा नब गठित कार्यसमिती आगामी दिनमा अझ बढी कृयाशिल भएर काम गर्ने आफुले आशा राखेको बताउँदै केन्द्रीय समिति नेपाल शाखालाई सदैब रचनात्मक काममा साथ दिन तयार रहेको बताउनुभयो । 

मँचका बर्तमान केन्द्रीय उपाध्यक्ष एबम नेपाल शाखाका निबर्तमान अध्यक्ष शिवहरी पौड्यालले आफ्नो कार्यकालमा भए गरेका काम हरुको प्रगती विवरण सुनाउनुभयो । 
     
अग्रज हाँस्य कलाकार, केन्द्रीय सल्लाहकार किरण केसीको स्वागत भासण, गायिका, प्रखर उद्घोसिका एबम केन्द्रीय सदस्य मन्जु पौडेलको उदघोसणमा सम्पन्न उक्त कार्यक्रम प्रज्ञा भवन कमलादी काठमाडौं मा सम्पन्न भएको थियो ।                                  
  सो अबसरमा प्रमुख अतिथि शाह र केन्द्रीय अध्यक्ष खनालले केही समय अघि पुनर्गठन पश्चात केन्द्रमा नियुक्त र हाल काठमाडौंमा रहनुभएका सल्लाहकार, कार्य समितिका सदस्य कलाकारहरुको निर्बाचित भएको प्रमाणपत्र बितरण गर्नुभएको थियो । 

नेपाल शाखाको नब निर्वाचित कार्य समिति यस प्रकार छ : 
अध्यक्ष - शैलेन्द्र सिम्खडा 
निबर्तमान अध्यक्ष - शिवहरी पौड्याल 
उपाध्यक्षहरु - प्रभाकर शर्मा, भुवन श्रेष्ठ, सुरेन्द्र केसी, जुन रिजाल, नबिन पौडेल 
महासचिब - एक नारायण भण्डारी 
सचिब - कमल मैनाली 
कोसाध्यक्ष - राज लुइँटेल 
सह कोसाध्यक्ष - कमला रेग्मी हुनुहुन्छ भने सदस्यमा क्रमश: शिव शंकर रिजाल, निरज नेपाल, निरु खड्का, शितल शर्मा, याम छेत्री, सबिता गुरुङ, शिवहरी आचार्य, बिष्णु सापकोटा हर्के हवल्दार, राजु पौडेल राजु मास्टर, मरिचमान श्रेष्ठ बल्छी धुर्बे, शिवहरी बैरागी, बिष्णु रिजाल, सुदेशराज शर्मा, राज कुमार केसी, देबी हमाल, राम प्रसाद पाठक, बिष्णु पाण्डे ( माइला बा ), आँचल शर्मा, बुद्धी तामाङ, हिमा दाहाल, शर्मिला शर्मा, बिमला गिरी, स्वस्तिका लामिछाने, मनिषा श्रेष्ठ, लेखान्त भुसाल, सरस्वती फुयाल, अमृता लुंघेली मगर, दमन रुपाखेती, अन्जु महर्जन, रमेश अधिकारी, बिनोद केसी, मुकुन्द आचार्य, राजन चौलागाइ, कँचन सापकोटा, श्रीधर आचार्य, अशिम पौडेल, रविन भट्ट, सुदिप कुँवर, सुदन केसी, गणेश सापकोटा, करिश्मा ढकाल, अनुसा पौडेल, सोभा त्रिपाठी रहनुभएको छ । 

यसै गरी अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको सल्लाहकारमा क्रमश : निर्मल शर्मा, बम बहादुर कार्की, केदार घिमिरे, सन्दिप छेत्री, जितु नेपाल, सिताराम कट्टेल धुर्मुस, पल्पसा डङ्गोल, पबित्रा घर्ति मगर, नारायण आचार्य, मन्जु पौडेल, बिमल राज छेत्री, ईन्द्र जिसी, सिताराम पोखरेल, राज सिग्देल, चन्डी प्रसाद काफ्ले, राम चन्द्र काफ्ले रहनुभएको छ । 

शाखाको पूर्ण बैठक नबसेका बेला, साधारण सभा नबसेका बेला पूर्ण अधिकार सहितको सचिबालय बनेको छ जसमा अध्यक्ष सहितका ११ जना  पदाधिकारी रहने ब्यबस्था गरिएको छ । नेपाल शाखाको नब निर्वाचित कार्य समितिको दुई बर्षको कार्यकाल हुने छ । 

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजनाका बिषयमा समेत केन्द्रीय अध्यक्ष खनाल र नेपाल शाखा अध्यक्ष सिँखडाका बिचमा छलफल भएको छ । छिट्टै केन्द्रीय समितिको साथ र सहयोगमा नेपाल शाखाको पहलमा उक्त अक्षय कोस खडा गरी त्यसलाई कार्यान्वयन गर्न पहल गरिनेभएको छ ।    
                      कार्यक्रमका केही तस्वीरहरु:                   
      










र यो पनि ..........

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन

* समेटिए सिनियर देखी जुनियर कलाकार सम्म, अमेरिका स्तरीय कलाकार सम्मेलन एक बर्ष भित्र, विश्व सम्मेलन दुई बर्ष भित्र गरिने 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक