20190728

अनेसास डिसीद्वारा अमेरिकामा भानुजयन्तिका अबसरमा रामप्रसाद खनाल र डा. रघुनाथ अर्याललाई सम्मान, दुई खनालका ३ कृति बिमोचन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीले २०६ औँ भानुजयन्तिका अबसरमा वाशिङ्गटन डिसी नजिकै मनासस भर्जिनियामा एक भब्य कार्यक्रम आयोजना गरी सो कमिटीका निबर्तमान अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष, लोक गायक, साहित्यकार रामप्रसाद खनाललाई वहाँले नेपाली भाषा, कला, साहित्य, गीत संगीतका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गर्‍यो । वहाँ सँगै पुर्बिय दर्शनका ज्ञाता एबम सँस्कृती बिद डा. रघुनाथ अर्याललाई पनि वहाँले आफ्नो क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै सम्मान गर्‍यो ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूप नारायण घर्तिमगरको सभापतित्व, अनेसासका संस्थापक एबम अग्रज साहित्यकार होमनाथ सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा रघुनाथ अर्यालले भानुभक्तको बारेमा प्रकाश पार्नुभएको थियो ।

सोही कार्यक्रममा लोक दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीति सँग्रह " राम प्रसाद खनालका गीतहरु" को सिडी र डिभिडी दुई कृतिको बिमोचन गरिएको थियो भने कवि सुदिपभद्र खनालको दर्शन काब्य रोदनोत्सबको पनि बिमोचन गरियो ।

भानु जयन्ती, बनभोज, साहित्यिक तथा सम्मान र बिमोचन समरोहमा अनेसास संस्थापक होमनाथ सुबेदी, विद्वान डा. रघुनाथ अर्याल, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय सचिब प्रकाश नेपाल, समाजका उपाध्यक्ष एबम डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगर, सल्लाहकार कवि सुदिप भद्र खनाल लगायतका बक्ताहरुले भानु जयन्ती र बिमोचित कृतिहरुका बारेमा आफ्ना मन्तब्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका उपाध्यक्ष पुस्कर पन्त र महासचिब मुकुन्द कोइरालाद्वारा सँचालित उक्त कार्यक्रममा कबिहरु दुर्गा रिजाल, सुदिपभद्र खनाल, रामप्रसाद खनाल, रजनी श्रेष्ठ, कबिन्द्र सिटौला, शकुन्तला अधिकारी, पर्शुराम भण्डारी, पर्शु तिमल्सिना, रबिन्द्र भक्त श्रेष्ठ, सुनिता खत्री, अरुण रुपाखेती, भूपनारायण घर्तिमगर, रामशरण हुमागाइ, भिम रेग्मी, निलकन्ठ सुबेदी, पुरु सुबेदी, सुजना ढकाल, लोक कुमारी सुबेदी, मुकुन्द कोइराला, जगत सुबेदी, भानु काफ्ले, लक्ष्मी दाहाल, सोभा नेपाल, बिमला थापा, संगिता पन्त, सुनिल मणी दाहाल, आदिले कविता बाचन गर्नुभएको थियो ।
Image may contain: Ram Prasad Khanal, smiling
Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक