20190826

रबि तारेखमा छुटे तर राज्यसत्ता रबि फसाउ, सिध्याउ अभियानमा कायमै, खतरा अझै टरेको छैन, जनताले साथ नदिएको भए रबि आज जेल जान सक्थे !

Image result for rabi lamichhane chitwanBreaking News .....
* एउटा स्वतन्त्र पत्रकारका पछाडि यति धेरै जनता सडकमा उत्रिएको नेपालको इतिहासमा यो पहिलो घटना
* मुलधारका मिडिया र पत्रकारहरु चुप्प बसेको, यो समाचार लाई प्राथमिकता नदिएको बरु रवि कै बिरुद्ध प्रयोग भएको पनि यो अनौठो घटना देखिए बाट नेपालको पत्रकारिता र पत्रकार माथि जनबिश्वास झनै खस्केको महशुश 
प्रचण्ड परिवार सहित नेकपाको ठुलो हिस्साको प्रत्यक्ष निर्देशन र उक्साहट, शेर बहादुर नेत्रित्वको ईतिहासकै सबैभन्दा कमजोर प्रतिपक्षी काङ्रेसको मौन समर्थनमा सिङ्गो राज्य सँयन्त्र र राज्य सत्ता  दुरुपयोग गर्दै रवि लामिछाने लाई सिध्याउन गरिएको षड्यन्त्र हाललाई टरेको छ । जनता स्वतस्फुर्त रुपमा सडकमा निस्के पछि अत्तालिएको राज्यसत्ता लाई यो केस निल्नु न ओकल्नु भएको थियो । हाललाई रवि लामिछाने लाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न जिल्ला अदालत चितवनबाट आदेश भएको छ । प्रचण्डका बोडी गार्ड रहिसकेका दान बहादुर मल्ल मार्फत प्रचण्ड सहित ठुलो गिरोह रवि लामिछाने सिध्याउ अभियानमा लागेको धेरैले अनुभब मात्र गरेनन देखे पनि, बोले पनि । 

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ । साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् ।
लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।  अनलाइन खबरका अनुसार आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ ।

स्मरण रहोस हाललाई रबि तारेखमा रिहा भए पनि उनी माथि अन्य बिबिध बहानामा प्रहरीले छानबिनको तरवार झुन्ड्याइरहेको छ । उनलाई फेरी कुन कुरामा अल्झ्याउने बहाना खोज्दै प्रहरी र उनका बिरोधीले चाल चलिसकेको बुझिएको छ । रवि लामिछानेका सन्दर्भमा जनता उनिसँग छन तर राज्य सँयन्त्र पुरै उनका बिरुद्ध प्रयोग गरिएको छ । आगामी दिनमा पनि रवि सुरक्षित छैनन तर उनलाई छुँदा अब अपराधीहरुको लँका ध्वस्त हुने निश्चित छ किनकी लँकामा आगो सल्किसकेको छ । यो कुरा उनिहरुले समयमै बुझे राम्रो ।

अझ स्मरणीय कुरा के छ भने एउटा स्वतन्त्र पत्रकारका पछाडि यति धेरै जनता सडकमा उत्रिएको नेपालको इतिहासमा यो पहिलो घटना हो । मुलधारका मिडिया र पत्रकारहरु चुप्प बसेको, यो समाचार लाई प्राथमिकता नदिएको बरु रवि कै बिरुद्ध प्रयोग भएको पनि यो अनौठो घटना देखिएबाट नेपालको पत्रकारिता र पत्रकार माथि जनबिश्वास झनै खस्केको महशुश गरिएको छ ।     

***************************************
From Face book wall.....

रविले अब केही गर्छन् । सिंह बाहिरियो । अब रविको पालो । रवि निर्दोष सावित भए कि भएनन् त ? हो हामी भेडा खुसी भयौं । प्रहरीले फँसाउन चाहेको थ्यो सकेन । किसोर श्रेष्ठ के गर्दैछ ? अब रविले पत्ता लगाऊँछन् पुडासैनीको हत्यारा । आदि आदि भावमा उत्तेजित हुँदै खुसी व्यक्त गर्नुहुनेहरूले तलका बूँदा हेर्न जरूरी छ ।
रविको मुखमा डकटेप लगाएर छोडिएको छ । आफूले सेर जस्तो ठानेको हिरो यस विषयमा खै बोलेन त भनेर भोलिपल्टैबाट रिसाउन र गाली गर्न तपाईँले नै सुरू गर्नुहोला नि फेरी ! उग्र अपेक्षा आफैमा निराशाको जड हो । - मणी भट्टराई 


Image may contain: text

एउटा गीतले रुवाउँछ अर्को गीतले नचाउँछ । तपाईंलाई कस्तो लाग्छ कुन्नी ?



अमेरिकामा १२ औँ तीज महोत्सब यसरी मनाइयो ! सहभागीहरु भन्दै थिए नेपालमा भन्दा रमाइलो भयो

     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक