20190825

अमेरिकामा १२ औँ तीज महोत्सब यसरी मनाइयो ! सहभागीहरु भन्दै थिए नेपालमा भन्दा रमाइलो भयो


अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले पानसमा बत्ती बालेर र विद्वान पण्डित डा. रघुनाथ अर्यालले स्वस्ति बाचन गरेर शुरु गरिएको तीज महोत्सब अगस्त २४ दिउँसो १२ बजे शुरु भएर ६ घण्टा सम्म तीजको नाच गान लगायत बिबिध कार्यक्रम सहित सकियो ।

 अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले १२ बर्ष अघि अमेरिकामा प्रारम्भ गरेको तीज महोत्सब यस पटकको आयोजना पनि १२औँ आयोजना थियो । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा सम्पन्न  तीज महोत्सब २०१९ मा यस पटक अमेरिकामा रहेर उदाहरणीय काम गरेका बिभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान पनि गरियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम तीज महोत्सब मुल आयोजक समितिका सँयोजक रामप्रसाद खनालको सभापतित्व एबम मँचका कोसाध्यक्ष एबम सँस्कृतीबिद, मुल आयोजक समितिका सदस्य सचिब अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ति मगरको सँचालन, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका उपाध्यक्ष रजनी श्रेष्ठको स्वागत भासण, अर्का उपाध्यक्ष अरुण  रुपाखेतिको धन्यवाद ज्ञापनमा सम्पन्न तीज महोत्सब औपचारिक समारोहमा बोल्दै राजदुत कार्कीले नेपाल बाहिर रहेर पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले यस किसिमका साँस्कृतिक महोत्सब आयोजना गरेर नेपाल र नेपालीका लागि योगदान पुर्याइरहेकोमा म नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

विद्वान पण्डित, पुर्बीय दर्शनका ज्ञाता डा. रघुनाथ अर्यालले तीजको ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्नुभयो भने तीजकै बिषयमा सदस्य सचिब भूप नारायण घर्तिमगरले पनि सोही बिषयमा थप प्रस्ट पार्नुभयो । 

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम तीज महोत्सब मुल आयोजक समितिका सँयोजक रामप्रसाद खनालले बिगत १२ बर्ष देखी आफुहरुले शुरु गरेको तीज महोत्सब सफल पार्न सदैब सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गर्दै तीजको मौलिक गीत गाएर दिदी बहिनीहरुलाई नचाउन शुरु गर्नुभयो ।  

अनेसास डिसी उपाध्यक्ष पुश्कर पन्त, समीक्षा सापकोटाले नाचगानको कार्यक्रम संचालन गर्नुभएको थियो भने महासचिब मुकुन्द कोइराला, कोसाध्यक्ष खगेन्द्र थापाले पनि आफ्ना भनाइ र तीज महोत्सबका सहयोगीहरुको परिचय राख्नुभएको थियो । 

बिभिन्न समुह बनाएर नाच गान गराइएको उक्त तीज महोत्सब कार्यक्रममा उपस्थित सबै आमा दिदी बहिनीहरुलाई सामुहिक नाचको अबसर पनि प्रदान गरिएको थियो । निशुल्क प्रबेश र निशुल्क तीजको दर खुवाइएको उक्त कार्यक्रममा समाजकाबिभिन्न क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका महिला अग्रजहरूलाई  सम्मान गरिएको थियो । जस अनुसार 

गीत संगीत तथा साहित्य बिधा:- 
----------------------

१:- अम्बिका गुरूड़्ग 
२:- कल्पना सुबेदी 
३:- दुर्गा रिजाल 
४:- नीता श्रेष्ठ 
५:- नीरा शर्मा 
६:- रजनी श्रेष्ठ 

कला बिधा:-
---------------
१:- अनुपमा प्रसाँई 
२:- जल शाह 
३:- पूजा लामा 
४:- लुना श्रेष्ठ 
५:- सारङ्गा श्रेष्ठ 


सामाजिक सेवा बिधा:- 
---------------------------
   प्रभा देउजा -अध्यक्ष ANS अमेरिका 
बिजया शाह:- अध्यक्ष ANWA 
बिष्णु कुमारी थापा-पूर्व ANS अध्यक्ष 
सरोज प्रजापती - सामाजिक अभियन्ता 


ब्यबसायिक बिधा:- 
------------------------
मन्दिरा मैनाली 
सुनिता अधिकारी
सुनिता खत्री 

पेशागत  बिधा:-
------------------
अञ्जना बुढाथोकी
बन्दिता दाहाल लाई छानेर सम्मान गरिएको थियो । 

अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीमा रहेर योगदान दिनुहुने महिला सदस्यज्यूहरू गोमा न्यौपाने, रोजा ( राज कुमारी) ओली, लोककुमारी सुबेदी, सुजना ढकाल, सकुन्तला अधिकारी, संगिता पन्तलाई प्रशँशा पत्र प्रदान गरिएको थियो ।    

यसै गरी बिभिन्न मिडिया र पत्रकारहरुलाई पनि सो अबसरमा सम्मान गरिएको थियो जसमा उमेश शर्मा डिसी नेपाल, गोकूल ढकाल खुल्ला मँच,  बिकास राज न्यौपाने हिमालय खबर, राजीब श्रेष्ठ फोटो पत्रकार, विश्वराज थापा इनेप्लिज, सतिष चापागाई नेपाली डायस्पोरा, सुगन्ध श्रेष्ठ डिजे,  सैलेश पोखरेल बिआर्टी नेपाल, यज्ञ ढकाल नेपालीजन्ता हुनुहुन्छ । 

यसैबिच अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम तीज महोत्सब मुल आयोजक समितिका सँयोजक रामप्रसाद खनाल र मँचका कोसाध्यक्ष एबम सँस्कृतीबिद, मुल आयोजक समितिका सदस्य सचिब अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ति मगरले तीज महोत्सब भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै सबैमा हार्दिक धन्यवाद र आभार प्रकट गर्नुभएको छ ।  वहाँहरुले आयोजक समिती, बिभिन्न उपसमितीमा रहेर वा बाहिर रहेर सहयोग गर्ने सबैमा र तीज महोत्सब सफल पार्न साथ दिनुहुने अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की सहितका अतिथिगण, सहभागी सबै सबैमा हार्दिक आभार प्रकट गर्नुभएको छ ।          

कार्यक्रमका फोटो भिडियोहरु हेर्नुहोस:  

Image may contain: 19 people, including Gita Sharma, Karki MB and Anju Dhakal, people smiling, people sitting
Image may contain: 5 people, including Vijaya Shah
Image may contain: 5 people, including Bhupnarayan Ghartimagar, people smiling, people standing
Image may contain: 20 people, including Sakun Adhikari and Gita Sharma, people smiling, crowd and indoor
Image may contain: 11 people, including Nita Shrestha, Vijaya Shah, Prabha Bhattarai Deuja, Bishnu Bhatta, Saru Panta and Sakun Adhikari, people smiling, people standing 
Image may contain: 5 people, including Sunil Mani Dahal, Bhupnarayan Ghartimagar, Prabha Bhattarai Deuja and Ram Prasad Khanal, people smiling, people standing, suit and indoor
Image may contain: 4 people, people smiling, people standing
Image may contain: 6 people, people smiling, people on stage and people standing
Image may contain: 2 people, people standing and indoor
Image may contain: 10 people, including Yamu Sharma Subba, crowd
Image may contain: 38 people, including Maya Adhikari, Kamala Gyawali, Kamala Khanal Pandey, Yamu Sharma Subba and Ishwari Thapa, people smiling, crowd
Image may contain: 3 people, people smiling, people on stage, people standing and indoor

Image may contain: 10 people, including Maya Shrestha, Sabu Upreti and Gita Sharma, people smiling, people standing and crowd

Image may contain: 18 people, including Bhawana Chand and Gita Sharma, people smiling
Image may contain: 5 people, including Saru Panta, people smiling, people standing
Image may contain: 7 people, including Geeta Neupane, people smiling, people standing and indoor
Image may contain: 17 people, including Sabu Upreti, Bimala Basnet, Anju Dhakal, Vijaya Shah and Karki MB, people smiling
Image may contain: 3 people, including Sakun Adhikari, people smiling, people standing and indoor
Image may contain: 4 people, people smiling, people standing
Image may contain: 6 people, including Anju Dhakal, Vijaya Shah, Prabha Bhattarai Deuja and Sita Bhandari, people smiling, people standing
Image may contain: 20 people, including Sangita Panta, Gita Sharma and Anju Dhakal, people smiling
Image may contain: 15 people, including Anju Dhakal, Ramhari Subedi, Niru Khadka and Sita Bhandari, people smiling, crowd
Image may contain: 13 people, including Shanta Aryal and Sujana Dhakal, people sitting
Image may contain: 17 people, including Saru Panta, Sanjeevani Aryal, Sunita Adhikari and Krishna Adhikari, people smiling, people standing
Image may contain: 17 people, including Saru Panta, Sunita Adhikari, Rama Poudel and Krishna Adhikari, people smiling, crowd
Image may contain: 3 people, including Ram Prasad Khanal, people smiling, eyeglasses, suit and closeup
Image may contain: 6 people, crowd
Image may contain: 5 people, including Ram Prasad Khanal and Ramsharan Humagai, people standing and indoor
Image may contain: 4 people, people standing
Image may contain: 1 person, standing

फोटो / भिडियो : राजिब श्रेष्ठ, लोचन मान श्रेष्ठ, नेपाल मदर डट कम  / विश्वराज थापा, इनेप्लिज  डट कम

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक