
भिडको बिचमा भावनामा बहेर राजनीति प्रति आकर्सित रवि होइन आवाज बिहिनहरुको आवाज रहेरै अगाडि बढ्दा तिम्रो, जनताको, हामी सबैको कल्याण होला । रविका राम्रा कामका समर्थक तपाईं हामी सबैले रविलाई राजनीतिमा आउ भनेर अहिलेनै हतार गर्नुभन्दा उनी माथि झुन्ड्याइएका तरवारहरुका बिरुद्ध खबरदारी गर्ने, रविलाई आवाज बिहिनहरुको आवाज रवि रहेरै अगाडि बढ भनेर सुझाउन म सबैलाई आग्रह गर्दछु । नेपाली फोहोरी राजनीतिले रातरात हिरो मात्र होइन धेरै लाई जिरो बनाएको ईतिहास साक्षी छ । म रवि लाई जिरो बनेको देख्न चाहँदै चाहन्न । नेपाली फोहोरी राजनीति तिमीले अझ धेरै बुझ्न बाँकी नै छ साथी, बुझ्दै जाउ, हतार नगर्न एउटा साथीका नाताले सुझाउँछु । हेर यि लाखौंं जनताको तिमीप्रतिको अगाध माया र विश्वाश । यो माया र विश्वाश टुट्यो भने अर्को खराब नजिर बन्ने छ, जनता निरिह हुनुपर्ने छ बुझ । भोली समयले माग गरेछ भने त्यो बखत तिमीलाई कसैले छेक्न रोक्न सक्ने छैन तर अहिले बेला भएकै छैन राजनीतिमा आकर्सित हुने । बुझ । साथीको नाताले यति भन्ने, सुझाउने अधिकार म पनि राख्दछु र बिगतका अनुभबले मेरो अन्तरमनको कुरा राखेको हुँँ । आगे तिम्रै जो मर्जी !
- रामप्रसाद खनाल









रवि लामिछाने सहित तीन जनाको नाममा चितवन जिल्ला अदालतले जारी गरेको १३ पेज लामो आदेश जस्ताको तस्तै लौ पढ्नुस् अनि अर्थ्याउनुस् !

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक