20190818

अब सिध्याउने पालो रबी लामिछानेकै हो सिध्याउँ ! छिटो सिध्याउँ ! अझ धेरै भिमसेनहरु जन्माउनु छ बोल्दै नबोलौं । मुख खोल्दै नखोलौँ !

* आमा घरकी समाजसेबी दिलशोभालाई सिध्यायौँ
* गरीब निमुखा जनताका डा. गोबिन्द केसीलाई सिध्यायौँ
* केही गर्छु भनेर राजनीतिमा होमिने रबीन्द्र मिश्रहरुलाई सिध्यायौँ
* छोराको हत्यारालाई कार्वाही गर भन्दा नन्द प्रसादहरुलाई सिध्यायौँ
* नन्द प्रसाद जस्ता न्याय माग्नेहरुका लाशहरु फ्रिजमा पोको पार्यौँ
* निर्मला बलात्कार र हत्याकान्डमा न्याय माग्ने बाबुलाई पागल बनायौं
* निर्मलाजस्ता भड्किरहेका आत्माहरुका आमाहरुको बिचल्ली पार्यौँ
* राजनीतिक आबरणमा अपराध र अपराधीहरु सँरक्षण गर्दै गयौँ
* अब सिध्याउने पालो रबी लामिछानेकै हो सिध्याउँ,  छिटो सिध्याउँ !
* राज्य संयन्त्र देखी अपराध गर्नेहरु, भ्रस्ट र आपराधिक राजनीतिका झोलेहरु पुरै सिध्याउन लागेकै छन, अझै पनि चुप्प लागेर बसौं ।
* भिमसेन थापाहरु सेरिएर मरेको देश हो अझ धेरै भिमसेनहरु जन्माउनु छ बोल्दै नबोलौं । मुख खोल्दै नखोलौँ 
* सत्र हजार भड्किएका आत्माहरु भड्किरहन दिउँ
* तिनै अपराधका सरदारहरुको जयजयकार गर्दै बसौं, पछि लागौं, दाश बनौं, काँधमा बोकी राखौँ
* न हिन्दू धर्म खाँदा बोल्यौँ न कर्म खाँदा बोल्यौँ - जे सुकै होस बोल्दै नबोलौं
* आफ्नै घरमा लाश नपरुन्जेल पनि बोल्दै नबोलौं - अब यसै भन्नुपर्ला जस्तो छ !

बिधिको शासन, नियम कानूनको परिपालन, न्यायको सिध्दान्तलाई सम्मान छ, अनुसन्धानमा दोसी देखिने जो सुकै होस कानून अनुसार कार्वाही त हुनै पर्छ तर ति सबैकुराका नाममा चालिने पक्षपातपूर्ण कदम र राज्य संयन्त्र देखी अपराध गर्नेहरु, भ्रस्ट र आपराधिक राजनीतिका झोलेहरुको ईशारामा गरिने अन्यायपूर्ण कामको पनि समर्थन गरेर बसौं अब, मुख टालेरै बसौं अब ! अरु के भनौं र खोई !
- www.Nepalmother.com  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक