20190830

हो बा, तपाईंले भनेको सबै सही रहेछ !

Image result for ram prasad khanalहो बा,
तपाईंले भनेको सबै सही रहेछ !
छोराछोरीको बा भए पछि
बल्ल थाहा पाएँ
बा हुनुको अर्थ
बा हुनुको कर्म
बा को मर्म
बा बनेर निर्वाह गर्ने धर्म
सजिलो रहेनछ बा, बा बन्न
घर परिवार सबको मुली भन्न
अहिले झलझली सम्झिन्छु
बा ले भन्नु भएका ति बाणीहरु
बा, तपाईंले भन्नुहुन्थ्यो नि
कुनै दिन तिमी पनि बा बनौला
अनि थाहा पाउला
बा भनेको के रहेछ !
बा मैले थाहा पाईसकेँ
हो बा तपाईंले भनेको सही रहेछ

मेरो घरमा मात्र होइन बा
आजकल
हरेक घर घरमा
म जस्तै निरिह बा हरु देख्छु
सुन्छु बुझ्छु उनिहरुका पिँडा पनि
सुनिसक्नु छैनन बा बाहरुका पिँडा
छोरा छोरीले जब आँखा तर्छन
मुख मुखै लाग्छन
सानामा मर्लान कि भन्ने डर
ठुला भए पछि मार्लानकी भन्ने डर
हो रहेछ बा बा ले भनेको
बा बन्न सजिलो रहेनछ
बा भनेको केबल "माग" मात्र रहेछ
सधै "पुर्याउन" मात्र रहेछ
अपजसको "खानी" मात्र रहेछ
हो बा तपाईंले भनेको सबै सही रहेछ 
यस्तै यस्तै हुँदो रहेछ
सबै सम्झी ल्याउँदा
मन धर धरी रुंदो रहेछ !
बा सँग मुख लाग्दा जस्तो सजिलो
केही नहुने रहेछ बा
म अल्लारे हुँदा
अबुझ हुँदा
अन्जानमा केही गल्ती गरेको भए
माफ गरिदिनुहै बा !
हो बा
छोराछोरीको बा भए पछि
बल्ल थाहा पाएँ
बा हुनुको अर्थ
बा हुनुको कर्म
बा को मर्म
बा बनेर निर्वाह गर्ने धर्म
सजिलो रहेनछ बा, बा बन्न
घर परिवार सबको मुली भन्न
बा,
तपाईं हुँदा र नहुँदाको फरक
बल्ल थाहा पाउँदैछु
हुँदा महत्व नबुझिने रहेछ
नहुँदा महत्व बुझेर केही नहुने रहेछ
बा,
तपाईंको फोटोमा एकोहोरो हेरिरहन्छु
न तपाईं आँखा झिमिक्क गर्नुहुन्छ
न त केही बोल्नुहुन्छ
मैले सबै सजायँ भोगी सकेँ बा
बा, अब त केही बोल्नुस् !
बिपनीमा नभएपनि सपनीमै सही
केही त बोल्नुस् न बा !
म तपाईंका बाणीहरु फेरि सुन्न चाहन्छु
आइदिनुस् न बा !
सपनीमै भए पनि !
- रामप्रसाद खनाल, अगस्त ३०, २०१९, बाबुको मुख हेर्ने दिन ( हाल अमेरिका )     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक