20190808

कोरियाको नाम्सोल विश्वविद्यालयका डिन डा.यून ताय हून नेपाल पत्रकार मञ्चको कार्यालयमा, अध्यक्ष युवराज विद्रोही सँग भेट

काठमाण्डौ । नेपाल र दक्षिण कोरियाबीच शैक्षिक विकासका निम्ति सहकार्य गरेर अगाडि बढ्न सकिने कोरियाको नाम्सोल विश्वविद्यालयका डिन डा.यून ताय हूनले बताउनुभएको छ । दक्षिण कोरिया र नेपाली विश्वविद्यालयबीच शैक्षिक सहकार्यलाई प्रबद्र्धन गर्ने हेतुले नेपाल आउनुभएका हूनले नेपाल पत्रकार मञ्चको
केन्द्रीय कार्यालय भ्रमणका क्रममा आयोजित छलफल कार्यक्रममा सो बताउनुभएको हो ।
कार्यक्रममा हूनले भन्नुभयो, ‘दक्षिण कोरियासँग भएका शैक्षिक अनुभव र कार्यक्रमहरु नेपालको शैक्षिक विकाससँग सहकार्य गरेर अगाडि बढ्न हामी इच्छुक छौं । दुवै देशबीच मैत्रीपूर्ण सम्बन्धलाई उचाइमा पु¥याउन शैक्षिक साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’

कुनैपनि मुलुकको विकासका निम्ति सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले नेपाली सञ्चार माध्यमले पनि यसमा उल्लेखनीय भूमिका खेलेको आफूले पाएको हून्ले बताउनुभयो ।

‘दक्षिण कोरिया प्राविधिक शिक्षा, विभिन्न खालका सीपमूलक तालिम, प्रशिक्षण लगायत आधुनिक प्रविधिसँग जोडिएका विभिन्न शैक्षिक गतिविधिमा समेत नेपालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक छ,’ हून्ले भन्नुभयो, ‘अहिलेको अवस्थामा प्रविधिमैत्री सिकाइलाई प्रबद्र्धन गर्नु जरुरी छ ।’

सोही कार्यक्रममा नामसो विश्वविद्यालयकी सह प्राध्यापक सिर्जना थापाले दक्षिण कोरिया नेपालका विभिन्न समुदायमा लक्षित शैक्षिक विकासमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले विगत लामो समयदेखि नामसोल विश्वविद्यालायले नेपालका विभिन्न समुदायमा लक्षिक, शिक्षा, स्वास्थ्य लगायतका गतिविधिहरुमा सहकार्य र सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले दक्षिण कोरियाको नामसोल विश्वविद्यालयसँग गरिएको सम्झौतापत्र अनुसार आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र दक्षिण कोरियाबीच हुने कुनै पनि सहकार्यमा नेपाल पत्रकार मञ्चले व्यवसायिक रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछौं ।’

कार्यक्रममा नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य, कोषाध्यक्ष यज्ञबहादुर ढकाल, मञ्चका अन्तर्राष्ट्रिय विभागका संयोजक चन्द्रमणि भट्टराई लगायत मञ्चका केन्द्रीय कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक