20190808

दशैंकै दिन आउने "रातो टिका निधारमा" को गीत सार्वजनिक !


नेपाली चलचित्र जगतका लोकप्रिय निर्माता, निर्देशक एबम अग्रज कलाकार, कयौं नायक नायिका एबम कलाकारहरुका कलाकारिता जगतका पिता, मेरा पुराना साथी, अशल साथी अशोक शर्माजीद्वारा लिखित, निर्मित, निर्देशित र आगामी दशैँमा रिलिज हुने नेपाली कथानक चलचित्र "रातो टिका निधारमा" को गीत "मेरो माया के हो ?" आज रिलिज भएको छ । गीत मात्र होइन यो चलचित्र पनि अत्यन्त राम्रो बनेको छ भन्ने कुरामा हामी सबै बिश्वस्त छौं । यसै चलचित्रबाट डेब्यु गर्दै गरेको प्रिय भतिज एबम क्युट हिरो अँकित शर्मा लाई अग्रिम बधाई । अमेरिकाबाटै चलचित्र नै पढेर नेपाल गएकी भतिजी कृति शर्मा जसले चलचित्र छायाँकनका क्रममा अशोकजी लाई हर पल साथ दिएको, सहयोग गरेको देखेँ उनलाई पनि अग्रिम बधाई । प्रोडुसर भाउजु किरण शर्माज्यु लाई पनि बधाई । "रातो टिका निधारमा" चलचित्र सफल होस, सुपर डुपर होस मेरो हार्दिक शुभकामना पनि । ए साँच्चै भन्न भुलेको म त । मेरो पनि अभिनय छ है यो चलचित्रमा । दशैंको दिन सम्म पर्खिनुस् है हेर्नका लागि ।
- रामप्रसाद खनाल 




Image may contain: 4 people, including Ashok Sharma, Kriti Sharma and Ram Prasad Khanal, people smiling, people sitting and indoor
Image may contain: Ram Prasad Khanal, Basant Shrestha and Ashok Sharma, people smiling, indoor
Image may contain: text
Image may contain: 3 people, including Ashok Sharma and Ram Prasad Khanal, people smiling, people standing, sky and outdoor
Image may contain: 2 people, including Ram Prasad Khanal, people standing and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक