20190902

‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’ - जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारी

नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छन् । हालै प्रकाशित अमर भुषणको पुस्तक इनसाइड नेपालमा यो कुरा खुलासा गरेका हुन् ।


पुस्तकमा दाबी गरिएको छ कि रअले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेको र त्यसपछि प्रचण्ड राजतन्त्र विरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भए ।

विभिन्न चरणको वार्तापछि रअ प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ । प्रचण्ड रअको मनसायप्रति शसंकित थिए । त्यसैले उनले वार्ताका क्रममा रअका पूर्वी ब्यूरो प्रमुख जीवनाथनसँग, ‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ कि हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ ।

सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गर्‍यो संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न । यो कुराको खुलासा रअका पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका हुन् ।

रअको जासुसी भिन्न विचारधारका राजनीतिक दललाई एक ठाउँमा ल्याउन मात्रै थिएन, आफ्नो पहुँच वा प्रभाव अति गोप्य रुपमा गर्नुमा थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्य एजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथ जो रअको पूर्वी व्युरोका प्रमुख थिए, उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।

जीवनाथनले सो युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ ।

भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गर्‍यो । राजालाई दबाब दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गर्‍यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए ।

त्यसबिचमा राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए । त्यो बिचमा रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ ।

रअको अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए ।

(यो सामग्री डिएनए पत्रिकाबाट साभार गरिएको हो ।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक