

गर्ने क्रममा फिल्म ‘तेरी मेरी कहानी’मा गाउने मौका दिएका हुन् । उनले रानुसँग गीत पनि रेकर्डिङ गरिसकेका छन् । रेकर्डिङसँगै गीतको भिडियो समेत हिमेशले शेयर गरेका छन्, जसले यतिबेला सनसनी नै फैलाएको छ । रानुको जादुमय आवाजको अहिले जताततै प्रशंसा भैरहेको छ ।
आफ्नो फिल्ममा गीत गाएपछि हिमेशले रानुलाई मोटो रकम पारिश्रमिकको रुपमा दिएको चर्चा चलेको छ । दुई फिल्ममा गीत गाएको पारिश्रमिक ६ देखि ७ लाख दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिमेशले रानुको आवाजमा ‘हेप्पी हार्डी एन्ड हीर’ फिल्मको लागि पनि गीत रेकर्डिङ गराएका थिए । रानुले आफ्नो ‘डेब्यु’ गीतको लागि हिमेशसँग रकम लिन अस्वीकार गरे पनि हिमेशले उनलाई पारिश्रमकवापत जबर्जस्ती ७ लाख दिएको बुझिएको छ । साथै उनले रानुलाई सुपरस्टार बन्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरेका छन् ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक