20190926

प्रधानमन्त्री र नेता होस् त यस्तो ! सिकुन हाम्रा जोक्करहरुले पनि !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा आएर टेक्सासमा आयोजित एउटा बिशेष कार्यक्रममा पचास हजार भन्दा बढी भारतीयहरुका बिचमा सम्बोधन मात्र गरेनन अमेरिकी इतिहासमा पहिलो पटक यस किसिमको कार्यक्रम गरेर अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प सहित यहाँका प्रभाबशाली नेता, सिनेटर, कङ्रेसम्यानहरु जम्मा पारेर उनिहरुलाई आफ्नो भिजन सुनाए, वाहवाही बटुले । कार्यक्रम हेर्दा लाग्थ्यो मोदीले अमेरिकी राष्ट्रपती लाई पनि यसरी प्रभाबमा पारेकी अब मोदी ट्रम्पका वास्तविक मित्र बनेका छन ।
कार्यक्रम हेर्दा मन भरी प्रश्न उठे - हरेक कुरा भारत बाट आयात गर्ने सिक्ने, उतैको आदेशमा फनफनि नाच्ने हाम्रा नेपाली नेताहरुले राजनीतिमा पनि मोदीको बिकास र पररास्ट्र सम्बन्ध कसरी कायम गर्नुपर्छ भन्ने शैली सिके कस्तो हुँदो हो !
रसियामा पुटिनसँग, चीनमा सि जिनपिङसँग मित्रताको लगन गाँठो कसेर आएका मोदीले अमेरिकालाई यसरी हातमा लिएकी उनी अब भारतको मात्र होइन विश्वकै कुशल नेता भैसकेका छन । अमेरिकी राष्ट्रपती ट्रम्पले नै उनलाई यसरी प्रशँसा गरेकी यस अघि कसैलाई उनले यसरी महत्व दिएका थिएनन ।
तर हाम्रो देशका जोक्करहरु अमेरिका आएर जन संपर्क समिति र प्रवासी मँचका भुइंफुट्टाहरुकै दाँया बाँया भएर हिंड्ने, तिनकै सानो समुहमा रमाउने गर्दै आएका छन लामो समय देखी । संयुक्त राष्ट्रसंघको महासभामा आउने र त्यस बखत अमेरिकी राष्ट्रपतिका जोइपोइ सँग केही सेकेन्ड भेट्ने अनि दाँत देखाएर फोटो खिच्ने त्यसमै रमाउनेहरुलाई कुटनीति भनेको के हो, के थाहा ?
एक मिनेट भेटेर खिचेको फोटोनै जोक्करहरुका लागि उपलब्धी हुने, अनि तिनै हनुमानेहरुका बिचमा रमाउने हाम्रा जोक्करहरुले पनि केही सिकुन हाम्रो हार्दिक आग्रह छ ।
अर्को कुरा, नेपालीहरुले मोदीलाई गाली गर्नुको कुनै तुक छैन, उनी नेपालका होइन भारतका प्रधानमन्त्री हुन । भारतका प्रधानमन्त्रीले आफ्नो देश भारतकै हितमा काम गर्छन, नेपालका प्रधानमन्त्रीले हो नेपालका हितमा काम गर्ने । होइन र ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक