20190929

लाशहरु बोल्दै बोल्दैनन् !

लाशहरु बोल्दै बोल्दैनन् ! 
जतिसुकै रुनुस् वा कराउनुस्
वा घोक्रो सुकुन्जेल चिच्याउनुस  
अहँ, मुख खोल्दै खोल्दैनन !
उनिहरुलाई घाटको प्रतिक्षा छ 
जल्नका लागि 
खरानी हुनका लागि
बस, पालो पर्खिरहेका छन 
मात्र दागबत्तीको प्रतिक्षा छ 
उता एक हुल मलामी 
एकोहोरो शँख फुक्दैछन 
परिवार जन चिच्याउँदैछन 
रुंदैछन, बिलौना गर्दैछन 
तर लाशहरु चुपचाप छन 
उनिहरु त मरिसकेका छन !  
लाशहरु किन बोल्थे र ?
- रामप्रसाद खनाल
२९ सेप्टेम्बर, २०१९, अमेरिका      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक