20190904

गेष्टहाउसको तेस्रो तल्लाबाट व्यक्ति फाल्ने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं, १८ भदौ / काठमाडौं महानगरपालिका-१४ कलकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका-४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोभर्‍याङ बस्ने गुल्मी मालिका गाउँपालिका-८ घर भएका १७ वर्षीय सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निशान धमला रहेका छन् ।

उक्त गेष्ट हाउसमा उनीहरु समेत ५ जना बसिरहेको अवस्थामा सोमबार राति खाना पुर्‍याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए । घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ ।
घटना पश्चार फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेलापारी फरारमध्ये ३ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक