20190904

नक्कली भिषाकार्डको प्रयोग गरी एटिएम बुथबाट पैसा निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिक पक्राउ

No photo description available.काठमाडौं / नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक Lin Jianmeng, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक Luo Jialei, राहदानी नम्बर ईसी १९३७५५८ वाहक Zhu Liangang, राहदानी नम्बर ईएच ०२७७६५०वाहक Qiu Yunqing र राहदानी नम्बर ई ८९०५६८२५ वाहक Chen Bin Bin रहेका छन् ।
उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, नक्कली भिषाकार्ड १ सय ३२ थान, सक्कली भिषाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद भएको छ ।
काठमाडौं उपत्यकाका एटिएम बुथमा विदेशी मुलका जस्ता देखिने व्यक्तिहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालीरहेको अवस्थामा उनीहरुमध्येका Zhu Liangang लाई फेला पारी सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिषाकार्ड फेला परेको थियो । तत्काल उनी बस्ने हात्तिसारस्थित माया मनोहर वुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा कोठाबाट लिफ्ट हुँदै भाग्दै गरेको अवस्थामा उक्त सामान सहित अन्य ४ जनालाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरु भदौ १३ गते चीनबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेको, भदौ १६ गते फर्कने योजनामा रहेको तथा विदेशमा योजना बनाई विदाको दिन पारेर यस्ता काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Image may contain: 2 people, people standing and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक