20190905

अमेरिकामा अत्यन्त दु:खद दुर्घटना, नेपाली एकै परिवारका तीन जनाको ज्यान गयो, दुई घाइते


अमेरिकाको मिजौरी राज्यमा भएको एउटा सवारी दुर्घटनामा तीनजना नेपालीको ज्यान गएको छ । ज्यान जाने एउटै परिवारका आमा, बाबु र छोरी भएको बताइएको छ ।

मिजौरीको  ब्लुस्प्रिङमा बस्दै आएको प्रभास ओझा परिवारमा यो संकट आइलागेको हो । दुर्घटनामा सवारी चालक प्रभासकी श्रीमती श्रद्धा खनाल ओझा, उनका ससुरा गोविन्द खनाल  र सासु शान्ता खनालको निधन भएको स्थानीय प्रहरीले जनाएको छ । गोविन्दको घटनास्थलमै निधन भएको थियो भने श्रद्धा र शान्तालाई अस्पतालमा मृत घोषित गरिएको थियो ।

घटनामा परेकी प्रभास श्रद्धाकी चार वर्षीय छोराको गभ्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ भने गाडी चलाइरहेका प्रभासको भने सामान्य अवस्थामा उपचार भैरहेको जनाइएको छ ।


स्थानीय समयअनुसार मंगलबार अपरान्ह ३ बजेतिर ट्राफिक लाइटमा रोकिएको टोयोटा आरएभी ४ लाई पछाडिबाट टोयोटाकै पिकअप ट्रकले ठक्कर दिएको थियो । प्रभासले हाँकिरहेको गाडी मिजौरी २४९ को इन्टरस्टेट हाइवे ४४ मा पूर्वतिर जाँदै थियो ।

प्रभास श्रीमती श्रद्धा र चार वर्षीय छोरीका साथ ब्लुस्प्रिङमा बस्थे भने उनका ससुरा गोविन्द र सासु शान्ता केही समयअघि घुम्नका लागि अमेरिका आएको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक