
कारण थियो ।
अब प्रसङ्ग जोड्न चाहन्छु , सम्मेलनको मुख्य कार्यक्रम समुद्घाटन समारोहको । केहि दिन अघि सम्म सम्मेलनको प्रमुख अतिथिको रुपमा अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कुमार कार्की आउने पक्कापक्कि थियो तर अकस्मात त्यो कुरामा बिराम लाग्यो र अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्रि तथा प्रतिनिधि सभा सभासद खगराज अधिकारीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरियो । यो उहाँको लागि सम्मान हो तर केहि पुर्व निर्धारित कार्यक्रममा राजदुतलाई वाशिंटन डी सि पुगेरै निमन्त्रणा गरेका सर्जकको मनमा कति चोट पर्यो होला त्यो कुरा श्रजकको मानसपटलमा अझै बिझिरहेको होला । त्यस्तै केहि प्रमाणपत्रहरु र सुचनामा राजदुतको नाम प्रचारमा आएको थियो , उनीहरुले सहभागीहरुलाई के जवाफ दिएर चित्त बुझाए त्यो सम्बन्धित पक्ष नै जानकार होला । करिब दुइ दशक भन्दा बढी संचार क्षेत्रमा बिताएँ , सभापति बिनाको औपचारिक सभा जीवनमा पहिलो पल्ट देख्न पाएँ । साथै औपचारिक कार्यक्रममा अतिथिलाई नाम सम्बोधन नगरी औंलाले देखाउदै आसन ग्रहण गर्न आग्रह गर्दै उठी दिनोस भन्दै आसन उठान गरिएको कार्यक्रम पनि मेरा लागि नौलो रह्यो । मैले यो भनि रहँदा कार्यक्रम संचालकलाई दोष देखाउदै उहाँको योग्यतामा प्रश्न उठाएको भने पक्कै हैन , हामीले हाम्रा पाहुनाको पहिचान र सम्मान सहि तवरले गर्नुपर्छ र यस्ता कमजोरी निकट भविस्यमा हुनु हुदैन भन्नेमा सुझाव मात्र दिन खोजेको हुँ । करिब हजार जनाको लागि सिट व्यवस्थापन गरिएको सभा कक्षमा सयजना भन्दा कम सहभागी भएको सभामा सम्बोधन दिदा कस्तो महशुस भयो सायद उहाँहरुलाई नै अनुभव होला । प्रवाशमा रहेका नेपालीको समस्या ,भूमिका भन्दा बढी नेपालको राजनैतिक टिका टिप्पणीमा नै समय बर्वाद हुँदा हाम्रा सन्ततिले के सिके त्यो प्रश्न गम्भीर रह्यो । प्रमुख अतिथिले मन्तब्य दिदै गर्दा स्वस्थानी कथामा वाचन गरे झैँ " सुन्ने कोहि नभए आफ्नो पलंग र कोठालाई सुनाउनु भने झैँ " हुनु प्रमुख अतिथि प्रतिको सम्मानमा कमि र उहाँको उपस्थितिमा चासो कम हुनु हो , हैन र ? यो मेरो नितान्त व्यक्तिगत प्रश्न मात्रै हो । आयोजकहरु करिब ६ महिना देखि सम्मेलनलाई सफल पार्न अहोरात्र खटीरहदा यो स्थिति आउनुमा कसको दोष या कमजोरी ? एकपटक गम्भीर भएर सोच्नै पर्ने भएको छ ।
नेपालीहरुको सम्मेलनमा अधिक सहभागी हुने कारण अर्को पनि थियो खेलकुद ! तर बिडम्बना यसपटक हरेक बर्ष हुदै आइरहेको युवाहरुको आकर्षक खेल फुटबलको आयोजना हुन सकेन । पहिला पहिला तिन चार सयको संख्यामा उपस्थिति हुने खेलाडीको समुह यस पटक नील हुनुले पनि सम्मेलनलाई धक्का दिएको होकी ! भलिबल खेलमा केहि खेलाडी र समुहले उपस्थिति जनाएर भए पनि अलिकति साख जोगाई दिएको कुरा एक जना खेलप्रेमीले आफ्नो अनुभव सुनाए । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा आयोजित तिज बिशेष कार्यक्रम ,महिला कार्यक्रम ,सरगम र फेशन शो कार्यक्रममा महिलाहरु राताम्यै भएर नाच्न र केहीलाई नचाउन तल्लिन रहे। लाग्थ्यो चैत्र बैशाखको पहाडीडाँडा लालीगुँरासले ढकमक्क ढाके झैं रातो साडीमा सजिएका दिदिबहिनीहरुले सम्मेलन स्थल सजाई रहे । नाचगान र थकाईमा परेका उनीहरुले आयोजना स्थलमा पिउने पानीको उचित व्यवस्था नहुदा अत्यन्त प्यासी देखिन्थे भने खानाको बारेमा बुझ्न खोज्दा मुन्टो बटारेर प्रतिक्रिया बिहिन भए ।हरेक बर्ष झैँ यस पटक पनि आयोजना गरिएको साहित्यिक कार्यक्रम यसपटक पनि सन्तोषजनक रुपमै सम्पन्न भयो भने बिशेष आकर्षणको रुपमा प्रचार गरिएको कन्सर्ट कार्यक्रममा सोचेअनुरुप दर्शक नभए पनि गायीका इन्दिरा जोशीले करिब आधा घण्टा आफ्नो प्रस्तुतिले निराश दर्शकहरुलाई खुसि बनाउने प्रयाश गरिन । करिब तिन घण्टा चलेको सो कन्सर्टमा गायक जगदिस समाल, बसन्त खड्का , सुदन गैरे ,श्याम सुन्दर आचार्य ,मनोज राई, प्रणय राणा ( ४ यम बि बैण्ड) लगाएतका कलाकारहरुले आआफ्नो प्रस्तुति मार्फत दर्शहरुलाई केहि हद सम्म बाँधीरहें।
भनिन्छ ," निस्वार्थ पवित्र सेवाभावले प्रदान गरेको समाजसेवाले मात्र पुण्य प्राप्त हुन्छ "तर मैले त्यो महशुस गर्न सकिन ! यौटा सामाजिक संस्थामा राजनैतिक दलका कार्यकर्ताहरु किन नेपालको राजनैतिक गन्ध बोकेर प्रवेश गर्छन ? के राजनीति र रात- नीति ( नशामा लठिएर ) र खुराफाती गर्ने ठाउँ नपाएर हो ? आखिर सामाजिक संस्थाको नाममा किन समाजलाई टुक्र्याउने खेल हुन्छ ? सामाजिक संस्थामा जसरि पनि आफ्नै विचारधाराको नेतृत्व किन अपरिहार्य ? के पाउन र के स्वार्थका लागि राजनीति गर्न नपाउने संस्थामा राजनैतिक एजेन्डा बोकेर आयौ ? सायद यी प्रश्नहरु अनुत्तरित होलान । सहि सत्य त्यहि हो , समाजसेवा पबित्र मनले आफ्नो आत्मसन्तुष्टिका लागि निस्वार्थ गरिने सेवा हो । त्यही धारणालाइ जीवित राख्दै सत्य , न्याय र समाजका लागि बिगत बीस बर्ष देखि लागि रहें। आज एउटा प्रतिष्ठित सामाजिक संस्थामा निस्वार्थ सामाजिक सेवा गर्छु भनेर अग्रसर हुदा किन खुट्टामा प्रहार गर्छौ । बिगत ७ /८ बर्ष देखि गरेको सामाजिक सेवाको मुल्ल्यांकन किन समाजका सदस्यहरुले गर्न पाएनन् , पाए मात्र राजनैतिक खोल ओढेका झोलेहरुले ! हो मेरो पनि एउटा राजनैतिक आस्था होला तर म त्यो ठाउमा प्रयोग गर्छु जहाँ त्यसको आवस्यकता होस् । हालै सम्पन्न नासाको निर्वाचन प्रक्रियामा म पनि आफुलाई समाहित गरें । अनेकन जालसाँची र त्रुटीहरुको समाधानको लागि आवाज उठाएँ ! निर्वाचन आयोग सानो मात्र त्रुटी स्वीकार गरि अन्य मेरो मागहरुलाई सम्बोधन नगरी मौन रह्यो र निर्वाचनमा होमियो । निर्वाचनको दिन केहि गम्भीर त्रुटी भएका छन् । अमेरिकी कानुन अनुसार दर्ता भएको सामाजिक संस्थामा बिधान अनुसार काम हुनु पर्ने , किन हुन सकेन ? यसै प्रसंगमा केहि प्रश्नहरु राख्न चाहन्छु । संस्थाको सदस्यता लिनको लागि तोकिएको समय भित्र शुल्क तिर्नु पर्ने हैन ?, सदस्यता नभई कसरि मतदाता नामावलीमा नामहरु प्रकाशन भए ? यिनीहरुको छानबिन गर भन्दा निर्वाचन आयोग किन मौन ? , मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई कसको आदेश र निगाहले भोट खसाल्न अनुमति दियो ? मतदाता नामावलीमा नाम भएको सदस्यलाई किन मतदान गर्न दिएन ? के मतदाता नामावली पनि चुनावको दिन थप घट गर्न मिल्छ? यी प्रश्नहरुको उत्तर सायद दिनलाई तपाईहरुलाई फुर्सद नहोला ! तपाईहरु जो जो यो खेलमा सफल हुनुभयो , तर संस्थालाई बिकृति र विसंगति बाट जोगाऊन र संस्थाको गरिमालाई उच्च राख्न कानुन अनुसार न्यायालय सम्म पुर्याउने काम तपाई केहीले गर्नु भयो , त्यसको लागि तपाईहरुलाई साधुवाद छ । कुनै पदको लोभ र मोहमा हैन ,समाज र सामाजिक संस्थालाई धमिराबाट जोगाऊन मैले यो निर्णय लिने प्रयाश गरेँ । यो कुनै व्यक्तिगत आक्षेप र रिस हैन । मैले लगाएको यी आरोपहरु गल्ति साबित भएमा जस्तो सुकै सजाय पनि भोग्न तयार भएको कुरा स्पस्ट पार्दै आगामी दिनमा यो संस्थामा शुद्धिकरण नभए सम्म कुनै पनि जिम्मेवारीमा नरहने प्रण समेत गर्दछु ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक