20190906

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चले गर्‍यो सम्मान

कुनैबेला बर्तमान प्रधानमन्त्री केपी ओलीलाई पनि पढाएका गुरु, त्रिभुवन विश्व बिद्यालयमा ३५ बर्ष प्राध्यापक भएर काम गरेका नेपालका अग्रज लेखक, साहित्यकार, अन्तर्राष्ट्रिय कलाकार मञ्च ( www.Iafamerica.com ) केन्द्रीय समिति, अमेरिकाका सल्लाहकार, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीलाई मञ्चका अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा स्वागत र मञ्चका तर्फबाट सम्मान समर्पण गर्नुभएको छ । सो अबसरमा अध्यक्ष खनालले अर्का साहित्यिक हस्ती चैतन्य सिटौलालाई पनि मञ्चका तर्फबाट मायाको चिन्ह प्रदान गर्नुभएको थियो । कुलपति उप्रेतीसँग नेपाली भाषा, कला, साहित्य, गीत संगीतका बिबिध पक्षमा मञ्च र प्रज्ञा प्रतिष्ठानका बिचमा मिलेर सँगै काम गर्ने बिषयमा पनि अध्यक्ष खनालले प्रस्ताब राख्नुभएको थियो । कुलपति उप्रेतीले नेपाली भाषा, कला, साहित्य, गीत संगीत लगायतका बिषयमा मिलेर काम गर्ने सन्दर्भमा आफु सधैं सकारात्मक भएको बताउनुभयो ।         
यसै बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीले नेपाल मदर डट कमसँग कुरा गर्दै आफुले उपकुलपती हुँदा होस वा कुलपति हुँदा होस प्र्ज्ञा प्रतिष्ठानको बागडोर सम्हाले यता ऐतिहासिक कामहरु गरेको बताउनुभएको छ । नौ सय त बिबिध  साहित्यिक बिधाका पुस्तकहरु मात्र प्रकाशन गरेको बताउँदै प्रज्ञा प्रतिष्ठानबाट बिभिन्न बिधा र पक्षमा पनि काम भएकोछ भन्दै कामको फेहरिस्त बताउनुभएको छ । अमेरिकाको विन्चेस्टर शहर स्थित प्रधान सम्पादक रामप्रसाद खनालको निवासमा अन्तर्वार्ताका क्रममा वहाँले के के भन्नुभयो त ? हेर्नुस अन्तर्वार्ताको पूर्ण भिडियो जस्ताको तस्तै ।       












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक