20191110

कतै म फेरी पनि उल्लु त बन्दिन ??

No photo description available.
उतै जन्मिएकाहरू 
उतै हुर्किएकाहरू
उतैबाट पालित र पोषितहरू
यता जन्मिएर पनि उतै गएकाहरू
उतैका पाल्तु भएकाहरू 
उतैको कलो खाएकाहरू 
अँस्ती १२ बुँदे गर्न उतै गएकाहरू
जे कुरामा पनि उतैका भएकाहरू
अचानक, 
हिजो बालुवाटारमा जम्मा भए रे
कालापानी हाम्रो हो भने रे
लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भने रे
सबै एकजुट बने रे
यस्तो खबर सुन्दा खुसी पनि लाग्यो
तर मेरो खुसी टिक्छ या टिक्दैन
मेरो मिचिएको भूभाग
फेरी बिक्छ या बिक्दैन
म उल्लु चरा जस्तै
ट्वाल्ल पर्दै नियालिरहेको छु
डर लागिरहेको छ मलाई
कतै म फेरी पनि उल्लु त बन्दिन भनेर !
- रामप्रसाद खनाल  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक