20191109

क्यान महासंघमा उपत्यका बाहिरबाट पहिलो अध्यक्ष बन्ने अवसर खोज्दै 'नवराज कुँवर'

Image may contain: Nawaraj Kunwar, smiling, sitting


२०५२ सालमा क्यान महासंघको व्यक्तिगत सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो व्यक्ति र कार्यसमितिको विभिन्न पद र भूमिकामा रहेर सबैभन्दा बढी समय मैले काम गरेको छु । क्यानलाई देशभरी लैजाने अभियान सञ्चालन गरी त्यसको नेतृत्व गर्ने व्यक्ति पनि म हुँ ।

क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म उपत्यका बाहिरबाट कोही पनि अध्यक्ष भएको छैन । जिल्लाको सन्दर्भमा शत्प्रतिशत जिल्लाले मलाई सहयोग गरेको अवस्था छ । त्यस्तै संस्थागत, व्यक्तिगत र बिषयगत सदस्यसाथीहरु तथा वर्तमान अध्यक्ष, पदाधिकारी र धेरै कार्यसमिति सदस्यज्यूहरु लगायत पूर्वअध्यक्ष ज्यूहरुको समेत मलाई पूर्ण सहयोग रहेको छ ।
मैले लामो समयदेखि क्यानभित्र विभिन्न भूमिकामा रहेर काम गरेँ । हिजो क्यान संघ के थियो र अहिलेको क्यान महासंघको आवश्यकता के छ भन्ने सवालमा म जानकार छु । साथीहरुको माग र आवश्यकता बुझेको छु ।
क्यान महासंघको जिल्ला शाखा विस्तार गर्ने अगुवाई गर्नुका साथै केन्द्र र जिल्लाबीच अधिकारको सवालमा रहेका विभेद अन्त्य गर्न पहल गरिरहेकाले साथीहरुले म प्रति भरोसा राख्नुभएको छ । केन्द्र (काठमाडौं उपत्यका) का सदस्यहरुबीच पनि मैले १४/१५ वर्ष रहेर काम गरेँ । यसर्थ मतदाताहरुले पनि क्यानलाई बुझेको, अनुभवी र केन्द्र र जिल्ला दुवैलाई समन्वयकारी रुपले लैजान सक्ने नेतृत्वलाई मत दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
मैले लामो समयदेखि क्यानभित्र विभिन्न भूमिकामा रहेर काम गरेँ । हिजो क्यान संघ के थियो र अहिलेको क्यान महासंघको आवश्यकता के छ भन्ने सवालमा म जानकार छु । साथीहरुको माग र आवश्यकता बुझेको छु । विस्तारै क्यानका कार्यक्रम महासंघीय प्रणालीअनुसार जिल्ला र ग्रामीणस्तरमा हुन थालेका छन् ।
सातै प्रदेशमा क्यान महासंघको बलियो उपस्थिति जनाउनु पर्नेछ । मैले विशेषतः २ ओटा कामलाई प्राथमिकतामा राखेको छु । आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने र अर्को सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम र अगुवाई गर्ने । साथै अहिलेको कार्यकालमा सुरु गरिएका कामहरुलाई पूर्णता दिने ।
मैले विशेषतः २ ओटा कामलाई प्राथमिकतामा राखेको छु । आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने र अर्को सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम र अगुवाई गर्ने । साथै अहिलेको कार्यकालमा सुरु गरिएका कामहरुलाई पूर्णता दिने ।
मैले तीनै तहका सरकारसँग मिलेर ग्रामीण तहसम्म क्यानलाई लैजानुपर्ने योजना ल्याएको छु । क्यान महासंघलाई आन्तरिक रुपमा बलियो पार्दै लैजाने विषयहरु पनि छन् । अहिले क्यानको आफ्नै घरजग्गा जोड्ने योजना केही हदसम्म सुरु भएको छ । मेरो नेतृत्वमा यसलाई पूर्ण कार्यान्वयन गर्ने र संगठनलाई आर्थिक र भौतिक रुपले बलियो बनाउन कार्यक्रम ल्याउने छु ।
सातै प्रदेशमा क्यानको आफ्नै प्रादेशिक प्रशासनिक भवन पनि बनाउने योजना राखेको छु । केन्द्रले बनाएका नीतिलाई जिल्लास्तरमा लैजाने, प्रादेशकि सचिवालयको व्यवस्था गर्ने, अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्ने कार्यलाई चुस्त बनाउने छु ।
Image may contain: Nawaraj Kunwar, standing
सूचना प्रविधिको विकास, विस्तार प्रवद्र्धनमा क्यानलाई एक अभिभावक र साझा संस्था बनाउनुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा संगठनको प्रभावकारी उपस्थिति बनाउन मैले प्रयत्न गर्नेछु । त्यस्तै अहिले सरकारी निति, नियम, कानुनका कारण हाम्रा व्यवसायी साथीहरुले आयात निर्यातमा ठूलो समस्या भोगिरहनु भएको छ । चाहे त्यो हार्डवेयरमा होस् चाहे त्यो सफ्टवेरमा होस् यस्ता नीति नियम ऐन सम्बन्धी सरकारसँग सहकार्य गरेर समयसापेक्ष अनुकुल गराउने प्रयास गर्ने छु ।
Image may contain: Kamala Kunwar and Nawaraj Kunwar, people smiling, people standing, sky, tree, mountain, outdoor and nature

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक