20191109

भन्नुस् त हजुर - कसरी विश्वास गर्नु ?

Image may contain: Ram Prasad Khanalअगाडि पर्दा एउटा कुरा गर्छन्
पछाडि पर्दा अर्को कुरा गर्छन्
दुई जिब्रे कुराले मुख मात्र भर्छन्
नैतिकताबाट ख्वात्त खुत्त झर्छन्
अर्कोको विश्वासमाथि खेलवाड गर्छन् !
त्यस्ता मान्छेहरूलाई
भन्नुस् त हजुर
कसरी विश्वास गर्नु ?
तिनको भर कसरी पर्नु ??

तल्लाघर जान्छन्, उपल्ला घरे उडाउँछन्
उपल्ला घर जान्छन् तल्लाघरे उडाउँछन्
दुबैलाई दुबैसँग जुधाउनु जुधाउँछन्
नैतिकता तोड्छन्, विश्वास तोड्छन्
परायाहरूसँग घाँटीमा घाँटी जोड्छन् !
त्यस्ता मान्छेहरूलाई
भन्नुस् त हजुर
कसरी विश्वास गर्नु ?
तिनको भर कसरी पर्नु ??


विश्वास गर्दा घात मात्रै गर्छन्
व्यक्तिपिच्छे फरक बातमात्रै गर्छन्
उता पनि ठिक्क यता पनि ठिक्क
चरित्रहीन महिला पुरुष जस्ता
बुझ्नै गाह्रो मान्छेहरू कस्ता कस्ता !
त्यस्ता मान्छेहरूलाई
भन्नुस् त हजुर
कसरी विश्वास गर्नु ?
तिनको भर कसरी पर्नु ??

धोका खानु सम्म खाए पछि
अविश्वास गर्ने आधारहरू पाए पछि
एक पछि अर्को प्रमाणहरू आए पछि
डबल स्ट्यान्डर्डका खातहरू लाए पछि
आश्चर्यै आश्चर्यहरूले मौका मात्र पाए पछि
भन्नुस् त हजुर
कसरी विश्वास गर्नु ?
तिनको भर कसरी पर्नु ??

- रामप्रसाद खनाल, नोभेम्बर ०९, २०१९, अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक