20191102

उल्टो जमाना चलिरहेका बेला नारायण रायमाझीको मन मुटु छुने सुल्टो मौलिक गीत !



मैले टेलिभिजन, रेडियो, पत्रपत्रिका लगायतका मिडियाहरुमा अन्तर्वाता दिने क्रममा होस वा बिभिन्न कार्यक्रममा मन्तब्य राख्ने क्रममा होस सधै लिने एउटा नाम हो नारायण रायमाझी । मेरा परम मित्र, आत्मिय मित्र नारायणजी सँगको मेरो संगत, सहकार्यले ३० बर्ष पनि नाघेछ । हामी बिभिन्न शो हरुमा देशभर होस वा राष्ट्रिय स्तरका धेरै कार्यक्रममा होस वा टेलिभिजनका कार्यक्रममा होस सँगै सहयात्रा गर्दा वहाँसँग सधै धेरै कुरा सिकेको छु र सिक्न अझ धेरै बाँकी छ । लोकगीत संगीत, सँस्कृती क्षेत्रका जिबन्त ईतिहास नारायणजी कलियुगका बहुत थोरै राम मध्येको एक हुनुहुन्छ जस्तो लाग्छ मलाई । त्यसैले होला हामी एक अर्कालाई बहुत आदर गर्दछौं । दिलै देखी माया र विश्वाश गर्दछौं । लोकगीत, दोहोरी गीत, संगीत, कला र सँस्कृतीलाई नजिकबाट जाने बुझेका र निकै गहिराई भएका वहाँका हरेक जसो गीत संगीत लोकको मन मुटु छुने प्रकारका छन त्यसैले होला वहाँ लोकको प्रिय हुनुहुन्छ तर भाईरल बन्न न त चाहनुहुन्छ न त भाईरल हुनुहुन्छ ।

अहिलेको नयाँ पिँढी लोकप्रिय हुन होइन भाईरल मात्र बन्न चाहन्छ । जे जसरी हुन्छ, मुख छोडेर होस वा जोडेर होस, नाँगै भएर होस वा अनुशासन, मर्यादा, कर्म, धर्म, नैतिकता सब सब कुरा त्यागेर बदनाम भएर पनि भाईरल बन्न लालायित कलाकार जमातका लागि सच्चिन खोज्ने हो भने नारायण रायमाझी एउटा पठनिय, उदाहरणीय पात्र हुनुहुन्छ । आजकाल हात समाएर, ताते ताते गराएर सिकाएका धेरै कलाकारहरु आफ्ना गुरुहरुको नाम लिन हिच्किच्याउँछन् किनकी उनिहरुले आफ्नो धरातल चटक्क बिर्सिसकेका छन, तर ति धरातल बिर्सिनेहरुले नारायण रायमाझीहरु, आफ्ना गुरुहरुलाई बिर्सें पनि श्रोता दर्शकले भने वहाँहरुलाई सधै सधै सम्झीरहन्छन ।

हुन त उल्टो जमाना चलिरहेका बेला नारायण रायमाझीहरु, मौलिक लोकगीत संगीतले कति छलाङ मार्छ थाहा छैन । यो गीत भाईरल हुँदै हुन्न त्यो पनि राम्रो सँग थाहा छ तर पनि भन्दैछु - आहा ! लोकगीत होस त यस्तो । तीन पटक सुन्दा हेर्दा पनि धित मरेन । क्या शब्द, कति मिठो संगीत, गायन पक्ष र प्रस्तुति पनि अबल । नारायण सर, कृपया तपाईंको गीत संगीत यात्राले निरन्तरता पाइरहोस । यो गीत लोकप्रिय बनेर सधै रहिरहने छ , रहिरहोस मेरो शुभकामना । फेरि अर्की चेली कमला पोखरेललाई टेक दिनुभएछ खुशी लाग्यो । ति बहिनीलाई पनि अरुको जस्तो पछि आफ्नै गुरु भुल्ने रोग नलागोस  । जय निरमाया ठुली ! 
      - रामप्रसाद खनाल       
Image may contain: Ram Prasad Khanal and Narayan Rayamajhi, people smiling, people standing                               Image may contain: Ram Prasad Khanal and Narayan Rayamajhi, people smiling, indoor
Image may contain: 8 people, including Narayan Rayamajhi and Ram Prasad Khanal, people smiling, people sitting and indoor
Image may contain: Narayan Rayamajhi and Ram Prasad Khanal, people smiling, people standing, plant, tree, outdoor and nature

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक