20191105

हामी जिउँदा लाशहरु मात्र हौं त ?????

Related imageजिन्दगी भर गरीब गुरुवा, बिरामीको ऊपचार गर्दै गर्दा आफ्नो घर, परिवार, सुख सयल, आर्जन सबै कुरा भुलेर आज पनि जोगी जस्तै रहेका हजारौँ डाक्टर नर्सहरुका गुरु, गरीब गुरुवा, बिरामीहरुका भगवान रुपी डाक्टर गोबिन्द केसी जसले आफ्नो जिबन, जिबनभरको कमाई स्वास्थ्यसेवामा समर्पित गर्‍यो, तलब बुझेर औषधी किनेर झोला बोकी दुर दराज पुग्यो, मान्छे बँचायो, आज त्यही महान मान्छेलाई अनसन मै मार्न भ्रस्ट, दलाल, माफिया र कमाउनिस्ट देखी राजनीतिक नब सामन्त, झोले र दाशहरु उनको चरित्र हत्या गर्न र उनलाई नै बदनाम गर्न तल्लिन छन ।


डा. गोबिन्द केसीको अनशनको खिल्ली उडाउनेहरु हो एक दिन भोकै बसेर त हेर अनशन कति गार्हो हुन्छ ? अर्को कुरा डा. गोबिन्द केसीले जिन्दगीभर कहिलै आफ्नो लागि कुनै माग गरेका छन र ? उनलाई नानाथरी भन्ने पापीहरु हो त्यो माथिल्लो लेबलको डाक्टर जसले आफ्नो सब त्यागेर स्वास्थ्य सेवामा गरीबहरुको पनि पहुँच होस, मेडिकल शिक्षा सर्बसुलभ होस, गरीबका छोरा छोरीले पनि मेडिकल शिक्षा पढ्न पाउन, ऊपचार नपाएर कोही मर्न नपरोस, मेडिकल कलेजहरु ब्यापार नगर, सरकार सबैलाई सर्बसुलभ स्वास्थ्य सेवा देउ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, थिती बसाल भनेर सत्याग्रह गर्ने एउटा कालखण्डमा बिरलै जन्मिने महान मान्छेलाई तिम्रो फोहोरी राजनीतिले छ्याप्ने दुस्रयास नगर ।

उनलाई उडाउँदै गर्दा र तिम्रा माफिया, भ्रस्ट नेताहरुको समर्थनमा तिमी बोल्दै गर्दा अलिकती लाज शरम मान ।

म डा. गोबिन्द केसीको सत्याग्रहलाई सम्मान गर्दै राज्यलाई एउटा कुरा भन्न चाहन्छु - बिगतमा डा. केसीसँग सरकारले गरेका सम्झौता तुरुन्त लागु गर । माग पुरा गर्छौं भनेर सम्झौता गर्ने, अनशन तोडाउने अनि बेइमानी गर्ने ? यो त डा. केसीको बेइमानी होइन सरकारको बेइमानी हो । बेइमानी सरकार, आफ्नो बचन पुरा गर ।

सत्याग्रहमै डा. केसी मरुन भन्ने चाहनेहरु हो - तिमीहरुलाई नेपाल आमाको श्राप लाग्नेछ हेर्दै जाउ । डा. केसीले तपाईं हामी सबैको लागि बोल्ने तर डा. केसीका लागि हामी नबोल्ने ?? हामी जिउँदा लाशहरु मात्र हौं त ?????
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक