* अनेसास केन्द्रीय समितिले बोर्ड अफ ट्रस्टिजको निर्णय त्रुटीपूर्ण भन्दै बिरोध जनायो, केन्द्रनै सहभागी नहुने !
* नोभेम्बर १० तारिख मनासस भर्जिनियामा आयोजना गरेको कार्यक्रम अब के होला ??




अनेसासका एक जना केन्द्रीय सदस्य आफ्नो नाम गोप्य राख्ने शर्तमा भन्नुहुन्छ - "संस्था आफैमा खराब हुन्न र छैन तर नेत्रित्व गलत छ । अनेसास गीता खत्री, पदम विश्वकर्मा, खगेन्द्र लुइँटेल लगायतका केही गलत नेत्रित्व र यिनिहरुको कारण अनेसास यिनिहरुको कोठरी भएको छ । अनेसास यिनै दुई चारजनाको पालै पालो पदमा बस्ने, पद बाँडी खाने अखाडा रहेछ । साहित्यिक मान्छे, भाषा, साहित्य र कला सँस्कृतिको क्षेत्रको मान्छे होइन यिनिहरुलाई आफ्नो पिछलग्गु चाहिएको रहेछ । यस्ता मान्छेलाई संस्थाको नेता मानेर संस्थामा बस्नु अर्को अपराध हुन्छ । अब के गर्ने भनेर हामीले केन्द्रीय समितिमा छलफल गर्यौं र चेतावनी स्वरुप यो बिज्ञप्ती आएको हो । अब चुप लागेर बसिँदैन । हुन लागेको यो कार्यक्रममा पनि हामी सहभागी हुन्नौं । गीता, पदमहरुले पुरस्कार पनि आफै दिउन, खगेन्द्रले लिउन, आफै ताली मारुन । हामीलाई केही चासो वा मतलबको कुरा छैन ।"

अनेसास वासिङ्गटन डिसी मेट्रो कमिटीका बर्तमान अध्यक्ष भुप नारायण घर्तिमगर अनेसास वासिङ्गटन डिसी मेट्रो कमिटीले केही समय अघिनै लक्ष्मी जयन्ति मनाइसकेको बताउनुभयो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी सँग प्रतिक्रिया माग्दा वहाँले भन्नुभयो "म अहिले आफै आफ्नै समस्याहरुसँग जुधिरहेको बेला छ । यसबारेमा म केही बोल्दिन । के भैरहेको छ तपाईंहरुलाई थाहै छ नि ।
केन्द्रीय समितिको प्रेस बिज्ञप्ति जस्ताको तस्तै तल हेर्नुस :
"कुनै पनि संस्था आफैमा गलत हुँदैन तर संस्थामा नेत्रित्व गर्ने नेत्रित्वकर्ताहरु गलत भए भने संस्था बर्बाद हुन्छ भन्ने गतिलो उदाहरण गीता खत्री, पदम विश्वकर्माहरुले नेत्रित्वगर्न थाले पछिको अनेसास हेरे छर्लङ्ग हुन्छ" अनेसासका एकजना बोर्ड अफ ट्रस्टिज सदस्यको प्रतिक्रिया थियो ।
उनले भने - "साहित्यिक संस्था जस्तो पवित्र संस्था जब पालै पालो केन्द्र र बोर्ड अफ ट्रस्टिज यस्ता गलत मान्छेहरुले सँचालन गर्छन् त्यो संस्था बाँदरको हातमा नरिवल जस्तो नभए कस्तो होस त !"
उनले भने "गीता खत्री र पदम विश्वकर्माहरु पहिला आठ दश बर्ष केन्द्रीय समितीमा बसेर केन्द्रलाई धरशायी बनाए, अब बोर्ड अफ ट्रस्टिज धरासायी बनाउँदैछन । केन्द्रीय कार्य समितिलाई नै अस्तित्व बिहिन बनाउँदैछन । अनेसास यिनिहरुकै कारण सिध्दिन लाग्यो । राम्रो मान्छे संस्थामा आउन र टिक्नै नसक्ने बनाए । उनिहरुको कदममा पर्दा पछाडि बसेर खेल खेल्ने खगेन्द्र लुइँटेल नै यस पटक पुरस्कार पाउने लिस्टमा पर्नु अझ लज्जाजनक कुरा भएको छ । केन्द्रीय कार्य समिति कार्यकारी अधिकार प्राप्त हुन्छ तर यहाँ केन्द्रीय समितिलाई रबर स्टाम्प बनाएर बोर्ड अफ ट्रस्टिज मार्फत संस्था ध्वस्त बनाउने काम भैरहेको छ, खोइ के भन्नु र !"
यस सम्बन्धमा प्रतिक्रिया लिन संपर्क गर्न खोज्दा बिबादित ब्यक्तिहरु गीता खत्री, पदम विश्वकर्मासँग संपर्क हुन सकेन ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक