20191216

हार्दिक श्रध्दान्जली !

मेरो अत्यन्त निकट र प्रिय साथी, चलचित्र क्षेत्रको एउटा हिरा, चलचित्र बिकास बोर्डका अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय सल्लाहकार केशब भट्टराईको अत्यन्त असामयिक निधन भएको खबरले म र अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति, अमेरिका समस्त परिवार दुखी र स्तब्ध भएका छौं । यस दु:खद घडीमा स्वर्गीय केशब भट्टराईजी प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । साथी तपाईंलाई हामी सधैं सम्झिरहने छौं ।
Image may contain: 2 people, people smiling, text
नेपाली चलचित्र जगतमा आफ्नो अभिनयका कारण अलग स्थान बनाएका अग्रज कलाकार दीपक क्षेत्रीको असामयिक निधनको खबरले अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति, अमेरिका समस्त परिवार दुखी र स्तब्ध भएका छौं । यस दु:खद घडीमा स्वर्गीय दीपक क्षेत्रीज्यू प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । वहाँले जिबित हुँदा जुन पिँडा र ज्यादै नमिठो अनुभब सँगाल्नु पर्‍यो आफ्नो स्वास्थ्य बिग्रिँदा त्यो कुनै पनि कलाकार वा कलाकर्मीले कहिलै भोग्नु नपरोस हामी कामना गर्दछौँ ।
- रामप्रसाद खनाल - अध्यक्ष एबम

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति, अमेरिका
समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक