20191219

राजनीति जहाँको पनि असाध्यै फोहोरी हुँदोरहेछ !

Image may contain: 1 personलेखेर राख्नुस, डेमोक्र्याटसहरुको महाभियोग जिद्दीले राष्ट्रपतीको २०२० मा हुने चुनाबमा ट्रम्पलाई सजिलै जिताउने भयो । आत्मघाती गोल हो यो डेमोक्र्याटसहरुको ! तल्लो सदन कङ्रेसले झिनो मतले महाभियोग पास गरे पनि उपल्लो सदन सिनेटमा रिपब्लिकनकै बहुमत भएकोले यो पास हुने कुनै सम्भावना नै छैन । सिनेटले पास नगरे पछि यो महाभियोगको कुनै अर्थ छैन । हात्ती आयो हात्ती आयो फुस्सा नै हुने हो ।

त्यति मात्र होइन तल्लो सदनमा बहुमतका आधारमा डेमोक्र्याटसहरुले जसरी पेलेर अगाडि बढे त्यो नजिरले पछि कुनै दिन डेमोक्र्याटसहरुलाई नै पनि खाने छ । दुई दलिय ब्यबस्था भएको अमेरिकामा आखिर कहिले डेमोक्र्याटसहरुको पालो त कहिले रिपब्लिकनहरुको पालो !

दुई बर्ष भन्दा बढी रसिया सँगको ट्रम्पको चुनाबी साँठगाँठ थियो भन्दै मुलर आयोग बनाएर राष्ट्रपती ट्रम्पलाई पूर्ण रुपमा डिस्टर्ब गरेका डेमोक्र्याटसहरुको युक्रेन काण्ड र कङ्रेसलाई असहयोग गरेको भन्ने आरोप निराधार हल्ला, जोक्स भन्दै आएका रिपब्लिकनहरु सबै एक ढिक्का हुनु पनि राष्ट्रपती ट्रम्पका लागि ठुलो फाईदा हुने अनुमान गर्न सकिन्छ । तर राजनीति जहाँको पनि असाध्यै फोहोरी हुँदोरहेछ त्यसैले यो फोहोरी राजनीतिको लीला हेर्न अझ बाँकी नै छ । हेर्दै जाउँ आगे आगे होता हे क्या !!
महाभियोग लागे पछि राष्ट्रपती ट्रम्पले यसरी जबाफ फर्काए

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक