20191219

अमेरिकाको ग्रिन कार्ड र नेपालको विवाह र जन्मदर्ता !

Image may contain: Binod Roka- बिनोद रोका, Attorney at Law 
 अमेरिकी अध्यागमन कानुन अनुसार अमेरिकाका नागरिक वा ग्रिन कार्ड भएका व्यक्तिहरूले आफ्नो नजिकका नातेदारहरू, श्रीमती, श्रीमान्, छोराछोरी, आदिलाई अमेरिकामा स्थायी रूपबाट बस्नका लागि स्पन्सर गर्न सक्दछन् । यसरी स्पन्सर गर्ने निवेदन दिने व्यक्तिले विवाह तथा जन्म भएको मितिले ३५ दिन वा तोकिएको म्याद भित्रै अधिकार प्राप्त स्थानीय निकाय समक्ष गै विवाह वा जन्म दर्ता गराई सोको प्रमाण पत्र लिनु पर्दछ । जस्तो व्यक्तिहरूका बिचमा दाबी गरिएको नाता रहेको तथ्य प्रमाणित गर्दछ । यदि कसैले विवाह तथा जन्म दर्ताको प्रमाणपत्र म्याद नाघिसकेको धेरै समय पछि गराएर लिएको रहेछ भने अमेरिकी अध्यागमन विभागले सामान्यतया मान्यता दिँदैन ।
यस्तो अवस्था रहेमा सामान्यतया सेकेण्डरी ईभिडेन्सबाट विवाह वा जन्म भएको तथ्य प्रमाणित गरिनु पर्दछ । जसले विवाहद्वारा लोग्ने र स्वास्नीको नाता कायम भएको मिति। त्यस्तै व्यक्ति जन्मिएको मिति तथा जन्म दिने आमा र बाबुको नाम उल्लेख भएको होस। यसको लागि सर्व प्रथमतः स्थानीय निकायबाट उक्त व्यक्तिको म्याद
भित्रै विवाह वा जन्म दर्ताको अभिलेख कार्यालयको अभिलेखमा छैन भन्ने ब्यहोराको आधिकारीका पत्र चाहिन्छ। अनि त्यो व्यक्तिको विवाह वा जन्म भएको समयमा कम्तीमा १८ वर्ष पुगेका २ जना बुढापाका नातेदार, छिमेकीहरूले नोटराईज्ड एफिडेभिट दिनु पर्दछ । यस्ता व्यक्तिले विवाह वा जन्म भएको मिति प्रत्यक्ष रूपले थाहा पाएका हुनु पर्दछ ।
यसका अतिरिक्त अन्य पुराना प्रमाणहरू पनि पेस गर्नु पर्दछ । जस्तै, विभिन्न समयमा लिएका पुराना फोटा, पत्राचार, स्कुल, चिना, अस्पताल, सरकारी अभिलेख, बैङ्क, ईन्सोरेन्स आदि अभिलेख जहाँ व्यक्तिहरूका बिचको नाता सम्बन्ध, विवाह र जन्म भएको मिति उल्लेख भएको होस । र यस्ता एफिडेभिटहरु नेपाली भए अङ्ग्रेजीमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा दक्ष भएको व्यक्तिद्वारा रीत पूर्वक अनुवाद गरिएको हुनु पर्दछ । यस्तो व्यक्ति नोटरी पब्लिक हुनु पर्दैन । नेपालबाट ल्याइएको नोटराईज्ड एफिटडेभिट र अङ्ग्रेजीको अनुवाद अमेरिकी अध्यागमनको प्रयोजनका लागि सामान्यतया काम लाग्दैनन् किनकि इनमा यहाँको नियमानुसार रीत पुगेको हुँदैन ।
कहिले काहीँ अध्यागमन विभागले यी माथिका प्रमाणहरूले मात्रै पनि विश्वास गर्दैन यदि रगतको नाताको आधारमा सम्बन्ध स्थापित गरिनु पर्ने रहेछ भने । जस्तो कि मातापिता र छोराछोरी अनि दाजुभाइ र दिदी बहिनी बिचको सम्बन्ध । यस्तो अवस्थामा अध्यागमन विभागले निवेदकलाई आफ्नै खर्चमा अमेरिकी एसोसिएसन अफ ब्लड बैङ्क एएबिबी, द्वारा मान्यता प्राप्त लेबोरोटरीबाट डिएनए टेस्ट गराएर त्यसको रिजल्ट पेस गर्ने सुझाव दिन्छ । भनिन्छ डिएनए टेस्टले ९९.५ प्रतिशतको आधारमा वक्तिहरुको बिचमा रहेको भनिएको सम्बन्ध छ भनी पुष्टि गरिनु पर्दछ । http://www.aabb.org/Pages/default.aspx

माथि उल्लेख भए अनुसार यदि तपाईँले पारिवारिक निवेदनको आधारमा आफ्ना नातेदारलाई स्पन्सर गर्न निवेदन दिँदै हुनुहुन्छ वा दिनु भएको छ तर म्याद भित्रै दर्ता गराएको विवाह वा जन्म दर्ताको प्रमाण पत्र छैन भने यी कुराहरूमा ध्यान दिनुहोला । हाल अध्यागमन विभागले म्याद नाघेपछि दर्ता गराएको विवाह र जन्म दर्ताको प्रमाण पेस भएको रहेछ भने सेकेण्डरी अर्थात पूरक प्रमाणहरू माग्ने गरेको छ । यदि माग गरिए अनुसार माथि लेखिए बमोजिमका प्रमाणहरू पेस नगरेमा निवेदन खारेज गर्न सक्दछ । र अहिलेको अध्यागमनले यस्ता प्रमाणहरू प्राय माग्ने गरेको र पेस नगरिएमा खारेज गरेको पाइएको छ। बर्षौको कुराई पछि निवेदन खारेज भई फेरी अर्को नयाँ दिनु पर्दा आफ्ना नातेदारहरू आउने समय सम्म लम्बिन सक्ने र उमेरको कारणले नातेदारका डिपेण्डेण्टहरु आउन नसक्ने अवस्था आउन सक्दछ ।
यदि तपाई परिवारका सदस्यलाई स्पन्सर गर्न अमेरिकी अध्यागमन विभाग समक्ष निवेदन दिँदै हुनुहुन्छ भने नेपालबाट विवाह वा जन्म भएको धेरै पछाडि दर्ता गरिएका प्रमाणहरू ल्याउने भन्दा विवाह वा जन्म भएको मितिबाट तोकिएको म्याद भित्रै कार्यालयमा आई दर्ता गराएको अभिलेखबाट देखिँदैन भन्ने ब्यहोराको सिफारिस ल्याई कुनै दक्ष कानुन व्यवसायीको सहयोगबाट पारिवारिक निवेदनको प्रक्रिया अगाडी बढाउनु उचित हुन्छ ।
-विनोद रोका, न्यु योर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ ।
तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८६०६९७३३/binodlawnyc@gmail.com / www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।) )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक