20191220

विश्वकै सफल तथा धनी व्यक्तिहरु मध्ये एक बिल गेट्सका प्रेरक भनाईहरु

बिल गेट्स विश्वकै सफल तथा धनी व्यक्तिहरु मध्ये एक हुन् । माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् । विश्वको ध्यान आफूतिर तानिरहेका उनको जन्म १९५५ अक्टोबर २८ मा भएको थियो । आज हामीले यहाँ बिल गेट्सका प्रेरक भनाईहरु साभार गरेका छौ ।


१. मानीसहरु परिवर्तनसंग सधै डराउछन् । बिजुलीको आविष्कार पहिलोपटक हुदा पनि त मानीसहरु डराएका थिए, होइन र ?

२. यदि गरिब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन । तर गरिब नै भएर मार्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।

३. धैर्यता सफलताको चाबी हो ।

४. आफुलाई आफैले खोज र पत्ता लगाऊ ।

५. ठुलो सफलता प्राप्त गर्नको लागी ठुला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।

६. सफलताको उत्सव मनाउनु ठिक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।

७. मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।

८. सबै मानीसको लागी आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसको सफलताको बाटोमा हिड्न मद्दत गर्छ ।


९. आउँदा शताब्दिहरुमा, अरुलाई सशक्त बनाउने व्यक्तिहरु नै नेतृत्वदायी हुनेछन् ।

१०. सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि, त्यो पुरस्कार योग्य हुन्छ ।

११. हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको परिणाम हो ।

१२. टेलिभिजन वास्तविक जीवन होइन । वास्तविक जीवनमा त, मानिसहरु कफी सपलाई छोडेर जागिरको लागी हिड्नुपर्छ ।

१३. जीवन सजिलो छैन । यसमा आफुलाई अभ्यस्त बनाऊ ।

१४. तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागी सिकाईका मुख्य स्रोत हुन् ।

१५. तिमीले बोल्ने ‘मैले जान्दिन’ वाक्यलाई ‘मैले अहिलेसम्म जान्दिन’ बनाऊ ।

१६. आफुलाई यो संसारको कुनै पनि व्यक्ति संग नदाज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफुलाई हेपिरहेका छौ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक