20191220

विश्वप्रसिद्ध कवी तथा चित्रकार विलियम ब्लेक का जीवन उपयोगी भनाईहरु


विलियम ब्लेक विश्वप्रसिद्ध कवी तथा चित्रकार हुन् । उनी अंग्रेजी साहित्यमा “द ल्याम्ब” र “द टाइगर” कविताका लागी प्रख्यात छन् । विलियम ब्लेकले आफ्नो सिर्जना मार्फत लैंगिक समानता, वर्गीय समानताका विचार संगै रंगभेद विरुद्दको आफ्नो आवाज प्रस्तुत गर्थे । उनको जन्म सन् १७५७ नोभेम्बर २८ मा भएको थियो । आज
हामीले यहा विलियम ब्लेकका जीवन उपयोगी भनाईहरु साभार गरेका छौ ।

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौ । हामी ति विरोधाभासको बिचमा पनि बाचेर ति कुराहरु भन्दा माथी उठ्नको लागी जन्मिएका हौ ।

२. ज्ञानको सबैभन्दा राम्रो स्रोत परिक्षण हो । जति धेरै परिक्षण गर्छौ, अनुभव लिन्छौ, त्यतिनै धेरै ज्ञान बढ्छ ।

३. कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्दिमान हुन्छ ।

४. दिमागमा भएको कुरा बोल्छौ भने सतहमा रहने मान्छेले तिमीलाई सधै नकार्छ ।

५. बिहान सोंच, दिउसो काम गर, बेलुका खाना खाउ र राती निन्द्रा पुग्ने गरि सुत ।

६. उही रुखलाई मुर्ख र बुद्दिमानले व्यक्तिले फरक-फरक देख्छन् ।

७. जुन व्यक्तिले आफ्ना बिचार र भावनालाई व्यक्त गर्दैन, त्यो व्यक्ति थुनिएको पानी जस्तै हो ।

८. दुखको चरम बिन्दुमा मान्छे हास्छ र सुखको चरम बिन्दुमा मान्छे रुन्छ ।

९. आफ्नो जिन्दगी प्रतिको सम्पूर्ण दायित्व आफुले लिनुनै ज्ञान हो ।

१०. तिमी जस्तो छौ त्यस्तै देख्छौ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक