20200202

श्री पञ्चमी र विद्याकी अधिष्ठात्री देवि महासरस्वतीको महिमा

Image may contain: 2 people- वसन्तध्वज जोशी 
यस वर्षो सरस्वती जयन्ती अर्थात् श्री पञ्चमी आज माघ शुक्लपक्ष १६ गते विहीवार पर्न गएकोले भर्जिनियाबाट प्रकाशित हुने नेपाल मदर डट कम अनलाईन पत्रिकामा यो मेरो पहिलो अक्षारम्भको श्री गणेश यसै विषयमा कलम चलाउन सान्दर्भिक हुने देखिएकोले यस पटक सम्पर्ूण्ा विद्याकी अधिष्ठात्री देवि महासरस्वती र सरस्वती जयन्तीको महत्ता बारे चर्चा परिचर्चा गर्ने झिनो प्रयास गरेको छु ।
देवि पुराणका अनुसार माता सरस्वतीका तीन रुप भेटिन्छन् । एकमात्र सत्वगुणमा आश्रति भएकी, माता पार्वतीको शरीरबाट उत्पन्न भएर शुम्भ निशुम्भ नामक दैत्यको संहार -नाश) गर्ने देविलाई नै वास्तवमा साक्षात् सरस्वती भनिएको छ । यीनका ३ चरित्रलाई सप्तशतीमा महाकाली,महालक्ष्मी र महासरस्वतीको रुपमा वर्ण्र्ाा गरिएको पाईन्छ । यीनै ३ देविहरुले स्त्री-पुरुषहरुका एक एक जोडा सृष्टि -उत्पन्न) गरे । माता महाकालीबाट भगवान् शंकर र सरस्वती, महालक्ष्मीबाट ब्रहृमा र लक्ष्मी तथा महासरस्वतीबाट भगवान् विष्णु र गौरीको प्रादर्ुभाव भएको पाईन्छ । यीनैबाट लक्ष्मी विष्णुलाई, गौरी शंकरलाई तथा सरस्वती ब्रहृमाजीलाई प्राप्त भएको बुझिन्छ  । ब्रहृमा र सरस्वती मिलेर संसारको सृृष्टि गर्नुु भयो । विष्ण्ुाु र लक्ष्मीले जगतको पालन पोषण गर्नु भयो भने प्रलयकालमा गौरीको साथमा रुद्रले उक्त संपूर्ूण्ा जगतको संहार गर्नु भयो । धार्मिक शास्त्रहरुमा माता महासरस्वतीका बारेमा विभिन्न मत मतान्तरहरु भेटिन्छन् । कतै यीनलाई ब्रहृमाकी पुत्री त कतै ब्रहृमाकी पत्नी भनिएको छ भने योगी नरहरिनाथका अनुसार देवि
सरस्वतीलाई महादेव र पार्वतीका पुत्री अनि गणेश र कार्तिकेयका कुमारी बहिनकिो संज्ञा दिइएको छ । जसले विवाह गरेकै छैनन् । केवल शिक्षा दिन,े ज्ञान दिने गरेकी छन् । तिनलाई "लिखति यदि गृहित्वा शारदा र्सवकाल तदपि तब गुणामीश पारं न याति" भनेर रातदिन लेखिरहने, रातदिन पढिरहने,रातदिन पढाइरहने, रातदिन विद्याको प्रचार गरिरहने काम ती सरस्वतीले लिएकी छन् । उनले संसारमा गृहस्थी भएर संसारको सञ्चालन  गरेकी छैनन् । ऋषिमुनि देवी देवतादेखि लिएर समस्त मानवलाई शिक्षा दीक्षा दिनेकाम गरेकी हुनाले उनको बारे यस्तो भनिएको छ ः-
घण्टाशूलहलानि शङ्कमुसले चक्रंधनु सायकम् ।
हृस्ताब्जर्ैदधर्तींधनान्तविलसच्छीतां शुतुल्यप्रभाम् ।।
गौरीदेहसमुद्भवां त्रिजगतामाधारभूतां महा ।
पर्ूवामन्न सरस्वतीमनुभजे शुम्भादिदैत्यमर्दिनीम् ।।
अर्थात् शुम्भ निशुम्भ इत्यादि दैत्यहरुको नाश गर्ने,सबैका हृदयमा विद्याको विकास गर्ने, प्राणीमात्रलाई शिक्षा र विद्या दिने, पराविद्या,अपराविद्या,पञ्चमहाविद्या, दशमहाविद्या, चतर्ुदश विद्या, अष्टादश विद्याहरुले सम्पर्ूण्ा विश्वलाई विद्वान विदुषी बनाउने काम सरस्वतीले गरिरहेकी छन्् ।
श्री पञ्चमीका दिन विशेष गरी विद्या, बुध्दि प्राप्त गर्न सरस्वती माताको पूजा आराधना गरिन्छ । यो पर्व खासगरी विद्यार्थीवर्ग र शिक्षण पेशामा लागेका ब्यक्तिहरुले मनाउँछन् । यस दिन विद्यार्थीहरु सरस्वतीको मन्दिर गई पूजा अर्चना गर्नुकासाथै त्यहाँ चढाइएका सातदाना सिंगो अक्षता प्रसादस्वरुप नचपाइकन निल्ने गर्छन् । यस्तो गर्नाले वाग्देवी सरस्वतीको कृपापर्ूण्ा आशर्ीवाद प्राप्त भै वाक्यसिध्दी हुने विश्वास रहि आएको छ भने सरस्वती माता समक्ष आफ्नो उपस्थिति जनाउन मन्दिरको पर्खाल र भित्ता भित्त्ाामा खरीले सरस्वतीको प्रतीक ६ कुने यन्त्रविशेष षट्कोण लेखी षट्कोणबीच आफ्नो नाम लेख्ने प्रचलन पनि रहि आएको छ । यस दिन घर घरमा पुस्तक कापी र कलमसंगै राखेर पुज्ने चलन छ भने वाद्यवादन र संगीत क्षेत्रमा लागेकाहरुले आ आफ्नो सितार, बाँसुरी,तबला र हार्मोनियम जस्ता वाद्यवादनका साधनहरुलाई सरस्वतीको प्रतीक मानि पूज्ने गर्छन् ।
यसै दिनदेखि प्रकृतिमा ऋतुका राजा वसन्तको आगमनको संकेत पाइने भएकोले पनि यस दिनलाई वसन्त पञ्चमी भनिएको हो । "ऋतुनां कुसुमाकर" अर्थात् ऋतुहरुमा म वसन्त हुँ भनेर गीतामा श्री कृष्ण भगवान्ले अर्जुनलाई भन्नु भएको कुरा पनि यहाँनिर प्रसाँगिक हुन आउँछ । हाम्रो देशमा थुप्रै जयन्तीहरु छन् । ती मध्ये सरस्वती जयन्ती पनि एक हो । यस दिन माता सरस्वतीको पूजा उपासना गर्नाले विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको छ । नेपालमा यसै दिन सरस्वतीको पूजा गरी वालवालिकालाई "ç नमः वागिश्वरी" को उच्चारणबाट अक्षराम्भ गराउने प्रचलन रह्को छ भने विवाह,ब्रतवन्ध र गृहनिर्माण जस्ता शुभ र मांगलिक कामको लागि पनि श्री पञ्चमीको दिनलाई अति उत्तम र्साईतको रुपमा मान्ने प्रचलन हाम्रो समाजमा अद्यावधि छँदै छ । यस दिन सरस्वतीको पूजा अर्चना गर्नुका अलावा काठमाडौंको वसन्तपुर स्थित हनुमान ढोकामा गुरुपुरोहितद्वारा जयदेव कविद्वारा रचित 'गीतगोविन्द' र वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि हालसम्म पनि चलि आएको छ । यसै दिन ने्पाल र भारतमा समेत रति र कामदेवको पूजागर्ने शास्त्रीय परम्परा पनि कायमै छ । सरस्वती पञ्चमीलाई श्री पञ्चमी पनि भनिन्छ । श्री को अर्थ विद्या, बुध्दि,सम्पन्नता,धनसम्पत्ति ऐर्श्वर्य तथा विद्या र गुणकी प्रतीक सरस्वती भन्ने जनाउँछ । त्यसैले जहाँ विद्या हुन्छ त्यहाँ धन पनि अवश्य हुन्छ भन्ने यस पर्वले एक महत्वपर्ूण्ा सन्देश पनि छोडेको छ ।
बौध्दग्रन्थ अनुसार सरस्वतीलाई मञ्जुश्रीकी पत्नीका रुपमा उल्लेख गरिएको पाइन्छ भने कतैकतै मञ्जुश्री स्वयं नै सरस्वती भएको किंवदन्ती चलेको पाइन्छ । श्रीपञ्चमीको अघिल्लो दिन बेलुका ल्हासाबाट उनी नेपाल आउने जनविश्वास भएको किंबदन्ती चलेको पाइन्छ । श्रीपञ्चमीको अघिल्लो दिन बेलुका ल्हासाबाट उनी नेपाल आउने जनविश्वास रहेकोले उनको थकाई मेट्न भनी कतैकतै अझै पनि हिंडेर थाकेकी सरस्वतीको गोडा - पाउ) मा तेल दलिदिने प्रचलन अद्यापि कायमै छ ।
आज ज्ञान,विद्या,विवेक,ऐर्श्वर्य र सुख शान्ति बिना कसैको जीवन पनि र्सार्थक छैन । त्यसैले विद्या,वाणी र श्रीबृध्दिकी खानी समस्त विद्याकी अधिष्ठात्री देवीको "सरस्वती ç" को उच्चारण गरी देवीको स्तवन गरिन्छ । दुबै हात जोडेर असल,ज्ञानी र महापुरुष बन्ने संकल्पका साथ सरस्वती सिध्दमन्त्र ।। ऐं ह्ीं ऐं सरस्वती नमः ।। ç ऐं ç ।। को मन्त्र पाठ गरिन्छ ।
विद्या समस्तास्तव देवि भेदाः स्त्रियः समस्ताः सकला जगत्सु ।
त्वयैकया पूरितम्बयैतत् का ते स्तुतिःस्तब्यपरा परोक्ति ।।
या देवी र्सवभूतेषु विद्यारुपेण संस्थिता ।
नमस्तस्यै ।। नमस्तस्यै ।। नमस्तस्यै नमो नमः
हे देवी । सम्पर्ूण्ा विद्याहरु हजुरकै भिन्न भिन्न स्वरुप हुन् । संसारमा जति पनि स्त्रीहरु छन् ती सबै हजुुरकै प्रतिमूर्ूर्ति हुन् । हे जगदम्बा । हजुरबाटै यो जगत् ब्याप्त बनेको छ । हजुरको स्तुति यो भन्दा श्रेष्ठ अरु के हुन सक्छ - जुन देवी सबै प्राणी भन्दा विद्या र बुध्दिमा श्रेष्ठ छन्, हजुरलाई नमस्कार । कोटि कोटि नमस्कार । बारम्बार नमस्कार । श्री पञ्चमीका दिन सरस्वती पूजा गर्दा विद्याकी अधिष्ठात्री देविमाता महासरस्वतीको स्तुति यसरी गरिन्छः-
सरस्वती मयादृष्टा वीणा पुस्तक धारिणी ।।
हृंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारती नामं द्वितीयञ्च सरस्वती ।
तृतीयं शा।दा देवी चतर्ुथं हंसवाहिनी ।।२।।
पञ्चमन्तु जगन्माता षष्ठं वागिश्वरी तथा ।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी ।।३।।
नवमं बुध्दिदात्री च दशमं ब्रहृमचारिणी ।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशै तानि नामानि त्रिसन्ध्ययः पठेन्नरः ।।
जिहृवाग्रे तस्य वसति ब्रहृमरुपा सरस्वती ।।५।।
- सरस्वती पूजा
२०७६ माघ शुक्ल पञ्चमी १६ गते विहीवार
काठमाडौं,नेपाल

( नोट : बसन्तध्वज जोशी बुटवलका तिनै पुराना पत्रकार हुनुहुन्छ जसले एक्सरे साप्ताहिक मार्फत हरेक हप्ता समाचारको दुनियाँमा एक्सरे गर्नुहुन्थ्यो र रिपोर्ट छर्लङ्ग निकाल्नुहुन्थ्यो दुनियाँका सामु । २०४४ सालमा मैले बुटवलमा पहिलो पटक भेटेका बसन्त त्यो बेला सिनेमा खेल्ने हिरो भन्दा कम देखेको होइन । पत्रकारिताका हिरो वहाँ समाजसेबी पनि त्यत्तिकै । कुनै बेला बसन्त बिनाको बुटवल बुटवल जस्तो लाग्दैनथ्यो । बसन्तकै एक्सरे साप्ताहिकमा आफुले लेखेका समाचार र लेख देख्दा आफै खुशी हुने त्यो बसन्तको पालुवा म स्वयम पनि एक हुँं । त्यस कारण बसन्तध्वज जोशी मेरो अग्रज मध्येका एकजना र अभिभाबक पनि हुनुहुन्छ । जुन बेला मैले मेरो कर्मभुमी बुटवल सानो लागेर काठमाडौं सर्ने निर्णय गरेँ मलाई साथ दिने मध्येका एक बसन्त दाई बुटवलबाट काठमाडौं सम्म मलाई छोड्न आउने, साथ दिने एक हुनुहुन्छ । खनालजी तपाईं काठमाडौं सरे पछि मलाई पनि   बुटवल बस्न मन लागेन भन्दै बसन्त दाई बुटवल छाडेर काठमाडौं आउनुभो । हामी २०४४ देखी सँगै नै छौं । आज बसन्त उ बेलाका जस्ता हर्ताकर्ता पनि हुनुहुन्न न त पत्रकारितामा पहिला जस्तो एक्टिभ हुनुहुन्छ तर पनि बाघ बुढो भए पनि बाघ नै हो । नेपाल मदरका सुरुवाती दिन देखिकै सल्लाहकार बसन्त दाईलाई मैले दाई अब दुई हप्ताको एउटा सहि तर लेख चाहियो भनेर अनुरोध गरेपछिको दाइको यो पहिलो लेख हो । अब दाई लाई पुन एक्टिभ गराउने सोँच मा छु म । किनकी म अरु जस्तो अबसरबादी बनेर वहाँलाई भुल्न सक्दिन । बसन्त दाइको जय होस । - रामप्रसाद खनाल )                

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक