20200224

कमरेड केपी - जिन्दाबाद जिन्दाबाद !

Image may contain: 7 people, people sitting, people eating and foodदेशलाई केक बनाएर
च्वाट्ट छुरीले काट्दा
राजाको जन्मदिन भन्दा पनि अझै भव्य
सार्वजनिक बिदा दिएरै
हेलिकप्टरमा केक सहित
सवारी चलाएर
राजसी जन्मदिन मनाएर
भोज भतेर गरेर
खुसी बाँड्दा
हेप्पी बर्थ डे कमरेड भन्दै
अङ्ग्रेजीमा जन्मदिनको खुसी साट्दा
जोड जोडले ताली मार्ने म मनुवा
ताली मात्र होइन नारा पनि लगाउँछु
लोकतान्त्रिक गणतान्त्रिक नयाँ नेपालको
सार्वभौम नागरिक हुँ भन्दै
उफ्री उफ्री फेरी पनि नारा लगाउँछु
राजतन्त्र मुर्दावाद - मुर्दावाद, मुर्दावाद !
सामन्ती व्यवस्था - चाहिँदैन, चाहिँदैन !
कमरेड केपी - जिन्दाबाद जिन्दाबाद !
कमरेड प्रचण्ड - जिन्दाबाद जिन्दाबाद !
- रामप्रसाद खनाल                  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक