20200304

जीवन पनि "मेड इन चाईना, आज छ भोलि छैन"

Image may contain: 1 person"मेड इन चाईना 
आज छ भोलि छैन" 
यही भन्दै, कन्दै 
तर  
हर कुरामा
हर दिन, हर पल  
चाईनाको भर पर्दै   
लाउने, खाने, बस्ने सबै कुरा 
नुन देखी सुन सम्म 
रङ्गाउने देखी
बगाउने सम्म 
चाईनामा आश्रित हामी 
हाम्रो जीवन लीला पनि 
मेड इन चाईना नै बनाउँदैछौं 
कोरोना कोरोना भनाउंदैछौं 
लाग्न थाल्यो, 
हामी चाईनाकै लागि जन्म्यौँ 
चाईनिज खाएरै हुर्क्यौं 
चाईनिज लाएरै हुर्क्यौं 
चाईनाकै लागि बाँच्यौँ 
चाईनाकै लागि साँच्यौँ   
अब, 
चाइनिज कोरोना खाएरै मर्छौं 
वाह चाइना ! 
अजबको चाइना  
गजबको चाइना
कुन बेला के हुन्छ ?
अहँ, थाहा छैन   !!
त्यसैले भन्न मन लाग्यो 
जीवन पनि 
मेड इन चाइना 
आज छ भोलि छैन !!  - March 04, 2020,  - रामप्रसाद खनाल, हाल अमेरिका  


https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page
         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक