20200303

कोरोनासंग लड्ने क्षमता कसरी बढाउने ? रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ

Image may contain: one or more people, eyeglasses and suit- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ 
पछिल्लो समय विश्वभर कोरोना भाइरस संक्रमणले तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालको छिमेकी देश चीनको वुहानबाट सुरु भएको यो भाइरसले चीनमा मात्रै करिब ३ हजार जनाले ज्यान गुमाएका छन् भने ७५ हजार संक्रमित भएका छन् ।
यो हप्तामा मात्रै कोरोना भाइरस भारतको विभिन्न सहरमा देखा परेको छ । नेपालको दुवै छिमेकी देशमा फैलिएको यस भाइरसबाट बच्न सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । तर, सरकारको पक्षबाट खास तयारी हुन नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।
हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोभेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । यसैबीच कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

१– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी६, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।
२– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३– घाममा बसौँ ।
४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।
५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।
६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।
७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९– पर्याप्त मात्रामा सुताँं ।
१०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।
११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२– दिल खोलेर हाँस्ने गरौँ ।
१३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।
१४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५– सरसफाइमा अल्छी नगरौँ ।

***********************************




GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक