20200406

मुटु छुने वास्तविक तीन कथाहरु तपाईंका लागि : धन्यवाद बिद्या, धन्यवाद हेर्ने कथा टिम !

यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । कैलालीका ठग्गु चौधरी र उनकी ३ वर्षे छोरीको कथा एकादेशमा धनुषा जिल्लाको झिँजा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे ।



कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !



गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER


कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !

Image may contain: 2 people- रामप्रसाद खनाल  
अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनिज कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको "रामनाम सत्य" भैसकेको छ भने ३५,१७९ जनामा चाइनिज कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् - संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् ।

जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ तालु सुकिसकेका छन् र अहिले संसार पहिलो र दोस्रो विश्व युद्ध पछिको नसोचेको भयङ्कर भाइरस विश्वयुद्धमा फसेको छ ।

मर्ने कसैलाई रहर हुँदैन तर अहिले मान्छे सङ्क्रमित नभएको वा नमरेको सहर विरलै कल्पना गर्न थालिएको छ । संसारका १९३ देश र टेरेटोरीमा कोरोना भाइरस रूपी यमराज छिरिसकेको छ । थाहा छैन यो यमराजले अब कतिको राम नाम सत्य बनाएर छाड्ने हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक