20200426

कविता : जोक्कर, भस्मासुर र अन्धाहरु !

Funmakers with Ringling Bros. and Barnum & Bailey Circus | Barnum ...म्याद थप्दै थप्दै लकडाउनको  
मलाई, तिमीलाई, उनलाई 
हामी सबैलाई   
घरमै नजरबन्द गरेर
शकुनी पासा खेल्दैछ 
जनतो आपत झेल्दैछ
भस्मे डन पछाडिबाट ठेल्दैछ 
कुन्नी अँध्यारोमा कुन रोटी बेल्दैछ 
सीमा पारीबाट
आफ्नो घर आउन नपाएर 
धुरु धुरु रुँदैछन 
गर्भवती आमाहरु 
सीमामै छेकिए पछि
मरुँला पनि नभनी 
महाकालीमा हेलिंदैछन  दाईभाईहरु  
पुलिस तिनैलाई समाउंछन् 
चोर डाँकु समाए जसरी    
के कुरा गर्नु र खोइ !
दशधारा रुँदै बिलौना गर्ने चेलीहरुको 
चिच्याइरहेका बाल बालिकाहरुको 
मृत्‍यु र जिबनको दोसाँधमा       
भोका पेटहरुको  आर्तनाद 
कसले सुनिदिने  ?
सुन्नेहरु बहिरा भैदिए पछि  ! 
श्रमिकहरुको बिजोग छ 
गरीब दुखीहरुको बिजोग छ 
अन्धो सत्ता 
आफ्नै बांसुरी बजाईरहेछ
केही छौंडा छोडेर 
खोइ कुन्नी के सुर हो  सजाइरहेछ  
जालझेल, किनबेच र  अपहरणको बदनाम बिगत    
फेरि उ  चलाइरहेछ !   
आफ्नै डम्फु बजाउँछ उ     
जोक्कर बनेर जोक सुनाउँछ उ 
जोक्करका महा जोक्करहरु 
अन्धाधुन्ध छन 
आरती उतार्नमै ब्यस्त छन 
दिउँसै रात पार्न खोज्छन 
केही बोल्न लेख्न हुन्न आजकल 
साइबर क्राइम लगाएर जेलमा कोच्छन 
भीम र शाहीहरु कोचिए जस्तै 
ठुलाबडा मान्छेहरु मान्छे उठाउँछन 
यस्तै यस्तै छन आजकलका समाचारहरु 
थाहा छैन अहिले कुन तन्त्र चलिरहेको छ 
कोरोनाले "बन्द" छ मान्छे 
भस्म पार्नकै लागि जन्मिएको
अर्को भस्मासुर 
थाहा छैन अहिले पनि 
कसकसलाई छलिरहेको छ 
टुहुरो जनतो बिचरा
 दिनदिनै गलिरहेको छ !
यसै गरी गरी दिन ढलिरहेको छ ! 

- रामप्रसाद खनाल, अप्रिल २६, २०२०    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक