20200425

अमेरिकाबाट केही नेपालीहरुले पठाए नेपालको गुल्मी धरम्पानीका १५२ परिवारलाई लकडाउनमा राहत !

अमेरिकामा बसे पनि मन त आखिर नेपाली न हो । कोरोना भाईरसले ५३ हजार मान्छे मरिसकेको अमेरिकाको भर्जिनिया विन्चेस्टर र बाल्टिमोर  शहरमा बस्ने केही नेपालीहरुको मन आफ्नो जन्मभूमी र गाउँघर तिर सोझिएका छन यो बेला । आफै कुन बेला मरिन्छ थाहा नभएका यि नेपालीहरुले भने आफ्नो गास काटेर नेपालमा आफु जन्मिएको ठाउँं तिर लकडाउनका बेला भोकले कोही मर्नु नपरोस भनेर सहयोगी हात अगाडि बढाएका छन ।

हाल अमेरिकामा रहनुभएका यमबहादुर श्रेष्ठ, रामप्रसाद खनाल, बिष्णु प्रसाद अर्याल, साबित्रा पन्थ उप्रेती, आधार मगर, यम राई, काशी पाण्डे र राजेश सोडले पठाउनुभएको रु. १,२१,७५१ रुपैया बराबरकाे राहत सामाग्री आज बितरण गरियो ।  प्रति १ घरका लागि चामल १० के.जि., मसुराे दाल १ के.जि., ताेरीकाे तेल १ लि., नुन १ के.जी., लाइफव्वाय साबुन २ वटाका दरले छत्रकाेट गाउँपालिका वडा न. ३ का Corana Virus COVID-19 काे Lock down बाट पिडित १५२ जना दैनिक ज्यालादारी मजदुर तथा आर्थिक विपन्न परिवारलाई मिति २०७७/०१/१३ गते वितरण गरिएको वडा अध्यक्ष तेजकान्त अर्याल र बितरण सँयोजन गरेका जिबन श्रेष्ठले बताए ।
राहत सामाग्री वितरण कार्यमा सहयाेग गर्ने छत्रकाेट गाउँपालिका वडा न. ३ काे कार्यालय, वडा अध्यक्ष तेजकान्त अर्याल, स्वयमसेबकहरु बैकुण्ठ पन्थ,  जिबन श्रेष्ठ, खिमलाल पन्थ, लेखनाथ श्रेष्ठ, मेघराज श्रेष्ठ, पुरन श्रेष्ठ, अनुराधा श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ सहित खटिने इस्टमित्र, छिमेकी, संपूर्णलाई अमेरिकाबाट सहयोगी हातहरुले हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

















पारदर्शिताका लागि उठेको रकम विवरण :

पठाईएको जम्मा रकम - १०५९ डलर  

रामप्रसाद खनाल - २०० डलर 
यमबहादुर श्रेष्ठ - १५८ डलर  
बिष्णुप्रसाद अर्याल -१०० डलर,
साबित्रा पन्थ उप्रेती- १०० डलर 
आधार मगर -१०० डलर 
यम राई - ५० डलर 
काशी पाण्डे - ५० डलर 
राजेश सोड - ३०१ डलर 
नेपाली रुपैयाँमा कन्भर्ट गर्दा १,२१,७५१ रुपैया । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक