20200424

प्रधानमन्त्री केपी ओली कतिपयको नजरमा नायकबाट खलनायकमा झरे पछि ........!

रातारात सरकारले ल्याएको अध्यादेशले प्रधानमन्त्री केपी ओली कतिपयको नजरमा नायकबाट खलनायकमा झरे पछि  र सर्बत्र यसको निन्दा भएपछि रातारातनै  खारेज गरिएको छ । ओली जिबनको अन्तिम मोडमा नराम्ररी फसेका मात्र छैनन अनैतिक र आपराधिक राजनीतिको मुख्य पात्रको रुपमा प्रमाणित भएका छन प्रचण्ड जस्तै । झापामा २०२८, २०२९ तिर मान्छेका टाउका काटेर राजनीतिमा सक्रिय भएका ओलीको भुलिएको ईतिहास पुन जिबित मात्र भएको छैन यिनी नेपाली फोहोरी राजनीतिको इतिहासमा कहिलै नमेटिने गरी फेरी डामिएका छन । उनका बिरोधीहरुले उनलाई  जोक्कर, टुक्के, उखाने, बतासे त भन्दै आएका थिए थिए तर फेरी एक पटक राजनीतिक अपराधको नाइके पनि भन्न थालेका छन । नेपालको इतिहासमा दुई तिहाइ पाएर पनि यती बदनाम भएको सरकार र अर्को घटना छैन । ओलीले २०५४ सालको सांसद किनबेच, थुनछेक काण्ड ओझेल पारीदिएका छन ।


यो सँगै दुई तिहाईको नजिक रहेको सरकार गन्हाएको मात्र छैन देशको भबिस्य झन अन्धकार भएको छ । मौकाको फाईदा उठाउन माहिर अर्का राजनीतिक खलनायक प्रचण्डले ओली हटाएर आफु प्रधानमन्त्रीमा आउन भित्र भित्रै निकै खिचडी पकाइरहेका छन । अब के हुन्छ भन्न सकिने अवस्था छैन । माओवादी जस्तो सत्र हजार नर सँहार गरेर आएको पार्टी र त्यहा भित्रका अपराधी प्रब्रितिका मान्छेहरु सँग एकता गरेर हुँदा खाँदाको एमाले ध्वस्त बनाएका ओली र तिनका पुच्छरहरु अहिले पश्चातापमा मात्र छैनन अर्को खेलको तयारीमा छन त्यसले के हुन्छ भन्न सकिन्न तर घुमिफिरी निर्णायक बनेका छन माधव कुमार नेपाल ।

माधव नेपालले प्रचण्ड वा ओली जसलाई बोक्छन बहुमत त्यतै पुग्नेछ तर नेपालमा अडानको समस्या रहेकोमा पूर्व एमालेहरु निकै चिन्तित छन । अरु भन्दा कम बिबादित नेपालले दरो गरी खुट्टा टेके भने उनी नै अबको बिकल्प हुने निश्चित छ तर ज्याद्रा ओली र प्रचण्डले सहजै नेपाललाई अगाडि आउन दिने पनि छैनन किनकी उनिहरु दुबै पावर भन्दा बाहिर जानै चाहदैनन । देश फेरी २०५२ सालमै फर्केको छ ।

ईतिहासकै सबैभन्दा कमजोर प्रमुख प्रतिपक्ष नेपाली काङ्रेस र सभापति देउबाको रोल झन सुस्त छ तर पार्टी फोरेरै आउने भए प्रचन्डलाई प्रधानमन्त्रीमा काङ्रेसले स्वीकार्ने भन्दै पछि पछि लागिरहेको छ । आफ्नै पार्टी माओवादीको पिण्ड पल्टाएर एमालेमा छिरेका र एमालेको पनि लगभग श्राध्द सकिसकेका प्रचण्डलाई फेरी पनि काङ्रेसले बोक्यो भने काङ्रेसको नामो निशान अब सडकआ लागि मेटिने अवस्था छ ।

अबको बिकल्प माधव नेपाल नै हो भनेर नेपाल पक्षधर भित्र भित्रै सक्रिय भएका छन तर ज्याद्रा ओली, प्रचण्ड र उनका सकुनिहरु पनि उत्तिकै सक्रिय भएकाले नेपालको राजनीति अब कुन दिशमा जान्छ भन्न सकिने अवस्था छैन । तर ओली, प्रचण्ड र देउबा तिनै जना पात्रहरु पूर्ण असफल र डुङडुङी गन्हाइरहेकाले तिनै जनाको बिकल्प खोज्न तिनै पार्टी भित्र पनि प्रयास भैरहेका छन । तर हुन्छ के भगवान जाने भएको छ भने कोरोना भाईरस महामारी नेपालमा पुरै छायाँमा परेको छ ।                                               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक