20200410

अमेरिकाका अस्पतालहरुमा कोरोनाका बिरामी घट्दै, धेरै निको हुँदै, बजार खुल्दै, मानिस काममा फर्किँदै, मृत्‍यु संख्या मात्र नहेर्नुस : अमेरिकी राष्ट्रपती

White House holds coronavirus task force press briefing Sunday eveningअमेरिकी सरकारी आधिकारीक निकाय CDC, White House Corona virus Task force र अमेरिकी राष्ट्रपतीले दिएको जानकारी: अमेरिकाका अस्पतालहरुमा कोरोनाका बिरामी घट्दै, धेरै निको हुँदै, बिस्तारै  बजार खुल्दै, मानिस काममा फर्किँदै, मृत्‍यु संख्या मात्र नहेर्नुस । 

 * अमेरिकी सरकार अर्थशास्त्रीहरु, बैज्ञानिक, चिकित्सक लगायतको सल्लाह सुन्दै र अमेरिका पुन पूर्णरुपमा संचालनको तयारीमा लागेको राष्ट्रपतीको सार्वजनिक भनाई । 

* धैर्य रहौं । सरकारी र आधिकारीक निकायको भनाई, सूचना र तथ्यलाई विश्वाश गरौं ।    

* कोरोना भाईरस टेस्ट युद्धस्तरमा भैरहेकोले सँक्रमित संख्या बढी देखिएको तर निको हुने क्रम बढी भएकोले सकारात्मक हुनुपर्ने सरकारी आग्रह । 

* बैज्ञानिक र बिज्ञ डाक्टरहरुका अनुसार सिनियर सिटिजनहरु, पहिलै देखी स्वास्थ्य अवस्था कमजोर भएका बिरामीहरुमा कोरोना भाईरस सँक्रमण बढी देखिएको, अपेक्षा गरे भन्दा कम सँख्यामा मानिसहरुको ज्यान जाने उनिहरुको पछिल्लो आँकलन ।  

* अमेरिकामा निकै कम नेपालीहरु कोरोना भाईरस प्रभाबित भएको र सामाजिक सन्जाल तथा केही मिडियाहरुले दिएका समाचारबाट आतँकित नभै आत्मबल बढाउन सबै नेपाली मित्रहरुलाई नेपाल मदरको आग्रह ।

* अझै पनि कोरोना भाईरस बाट थुप्रैको ज्यान जान्छ तर हरेक बर्ष ३३ करोड भन्दा बढी जनसंख्या भएको अमेरिकामा फ्लुबाट मात्र ३० देखी ७० हजार मानिसको ज्यान जाने गरेको तथ्य पनि नभुल्न सचेत गराउँछ अमेरिकी सरकार ।  

नेपाल मदरको भनाईएक लाख देखी दुई लाख चालिस हजार मानिसको अमेरिकामा कोरोना भाईरसबाट ज्यान जान सक्ने जुन शुरुमा अमेरिकी सरकार र CDC ले अनुमान गरेको थियो त्यो अनुमान भन्दा निकै कमको ज्यान जानसक्ने अर्को नयाँ अनुमान सार्वजनिक भएकाले हामी आत्तिएर, आतँकित भएर, चिन्तै चिन्ताले डिप्रेशनमा जाने वा कोरोनाको भयले मर्नु पर्ने अवस्था छैन । कृपया आफ्नो आत्मबल बढाउँ, सरकारी र आधिकारीक निकायका सूचना र आग्रह पालना गरौं । सके सम्म सुरक्षित हुने उपाय अपनाउँ । पीर वा चिन्ता लिएर नबसौं । ढुक्क हुनुस कोरोना भाईरसलाई हामी जित्ने छौं ।   
Recovering patients describe what it's like to contract ...
They Recovered From the Coronavirus. Were They Infected Again ...
Coronavirus: A Cameroon student on how he recovered - BBC News
More than 100,000 people have recovered from the coronavirus | TheHill
Sole COVID-19 patient in Sri Lanka discharged from hospital after ...
If You Get Coronavirus And Recover, Do You Develop Immunity ...
Up to 10 per cent of recovered coronavirus patients in Wuhan study ...
A 4-year-old girl was cured from the coronavirus in Malaysia. It's ...
Critics in Israel say Netanyahu using coronavirus as pretext for ...
No photo description available.

************


आज हाँस्य कविताको पालो : कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि !

Image may contain: Ram Prasad Khanalकेही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
बुढी माउँ पकाउँछिन्
जोत्ने दाइले झैँ
म स्याम्म बजाउँछु
एक थाल भात
महँगो तरकारी
आलु जत्तिको पनि अडिलो नहुने
भन्नका लागि मासु भनिने
बोईलर कुखुराका झाम्टाहरू !
सिन्की सकियो
मस्यौरा सकियो
झान झुन पार्दा सबै सकियो
म भात बहादुर
कोरोना बहादुरसँग तर्सिएँ

काम धाम छोडेर
थन्किएका बेला घर
पहिले पहिले
मोइसँग लफन्नाएको आटो
मकैको रोटी सम्झिँदै
कोदो, फापर जस्तै देखिने पिठोको रोटी
बुढी माउँ जे जे दिन्छिन्
घैँटे पेटमा सिन्की खाँदे जस्तै
खाँदी रहेको छु म आजकल
काम नगरी खान कहाँ पाइन्छ ?? भन्थे मान्छेहरू !
इस् गर्छु काम !
बुढी माउँ किचनमा पकाउंछिन
म स्याम्म खान्छु
जब भरिन्छ घैँटे पेट
बिस्तारामा जान्छु
किनकि
बसेर टिभी हेर्न मिल्दैन
अनि,
बिस्तारामा कहिले उत्तानो परेर
कहिले घोप्टी परेर
कहिले कोखे परेर
फोन बाटै हेर्छु टेलिभिजनहरू
बिना पैसा सित्तैमा कजिन्छु
जुकेरबर्गको फेसबुकमा
गुगलको युट्युब रोला जस्तो गर्छ
मलाई आइजन भनेर
अनि म त्यता पनि जान्छु
समाजसेवी भावना छ मेरो
म कसैसँग ज्याला मजदुरी लिन्न
उनीहरूका लागि काम गर्छु
बुढी माउँ फेरी चिया नास्ता लिएर आउंछिन
म मिठा मुखले बजाउँछु
बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ
सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ
उठ
खाऊ
बस
सुत
मेरो दिन चर्या यस्तै भएको छ आजकल !
बरु,
यस पटकको अनुभबले लाग्यो
काम गर्न नखोज्ने काम चोरहरु
बसी बसी खान खोज्ने ठगहरु
काममा जान भन्दा मरे झैँ गर्नेहरु
बिचरा तिनीहरुलाई
 कति गाह्रो हुँदो हो सधै घरमै बस्न
फिल्म र सिरियलहरु हेर्दै
समय कटाउन !
मलाई ति बिचराहरु देखी
दया लाग्न थालेको छ अहिले
तिनको बन्दी जिबन सम्झेर
रुन मन लागेको छ अहिले ! 
केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ?
शायद यसै भन्दै होला कोरोना यमराज !
धुलो धुँवा फोहोर
उकालो ओरालो
घाँस दाउरा
पानी पँधेरो
खेत बारी
सबै सबै पचाइसकेको म मनुवा
उसले चिनेछ क्यारे
लिन आउने हिम्मत गरेको छैन
म कति ज्याद्रो छु
उसले बुझे जस्तो छ
त्यसैले हिम्मत गरेको छैन
मलाई लिन आउने !
आयो भने मैले पनि जानेको छु
त्यसलाई पचाउन !
आइजन न मात्रै
निसास्सिएर मर्छस् बाबु तँ म सँग
तँ भन्दा पनि म खतरा छु !
ज्याद्रो छु
गाई गोठमा जन्मिएको हुँ
सक्दैनस् बाबु सक्दैनस् तैँले
फुर्ती गर्दै नगर !
मेरो भर पर्दै नपर !
ढाँट्या भए मरिजाम !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ७, 2020


*****

कविता : श्रीमती !

न भएर सुख
न नभएर सुख
न तल पारेर सुख
न त टाउकोमा चढाएर सुख !
क्रेडिट कार्डको बिल जस्तो
घोट्दा चाल नपाइने
बिल आउँदा तिर्दिन भन्न नपाइने
ब्याजको स्याज जोडिए जस्तो
खोइ ॠण  पनि कस्तो हो कस्तो  !
न तिरेर चुक्ता हुने
न बाँचुन्जेल मुक्त हुने
गलाको पासो
ससुरालीको नासो
गर्नु को सँग गुनासो
मरे पछि मात्र
छुटकारा पाइने पासो
चुप्प लागेर बस्नु पर्ने
बोले हुन्छ बोली फासो !
हाँसिदिँदा पनि टेन्सन
रोइदिँदा पनि टेन्सन
ससुरालीमा कुकुर बिरामी पर्दा
हुन्छ झन् टेन्सन
घर तिरको कुरा गर्नुस्
सुरु हुन्छ पार्किन्सन !
आफ्ना सबै भुलेर
उनको बनिदिनु पर्ने
जस्ता भए पनि उनीहरू
"वाह मेरा ससुराली" भनिदिनु पर्ने
कुरा गर्‍यो कुराकै दुःख
बरु भारी बोक्ने गधाले पाएको होला सुख
यति हुँदा पनि भन्छन्
अझै लोग्ने हुन्छस् ??
भो बाबु भो न रो कति रुन्छस्
बा आमा र दाइ थुम्थुम्याउँछन !
सङ्गी साथी धाप मार्दै भन्छन्
"भो न रो यार न रो"
बरु ढुङ्गो रसाउला
उनीहरू रसाउँदैनन्
ए सुन त,
अलिकति लगा
मनको पिर भगा
नाचौँ सबै गीत लगा
" माया बैगुनी,
नभै नहुनी !"
बादल मडारिएको छ
आकाश दुम्म छ
आँधी आउला जस्तो छ
हुरी चल्ला जस्तो छ !
तै पनि रुन्चेहरु
"माया बैगुनी, नभै नहुनी" गीतमा
दारुको तालमा नाच्दैछन !
एकले अर्कालाई हेर्दै कम्मर भाँच्दैछन  !!

- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ८, २०२०
( यो हाँस्य कविताका घटना तथा पात्रहरु काल्पनिक हुन । कसैसँग मेल नखाएमा अपबाद मात्र हुने छ यसो भन्नु पर्ला कि नपर्ला ?? तपाईं आफै निर्णय गर्नुस भनेर भन्छु म । ) 

****************

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER

      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक