20200413

नयाँ बर्ष २०७७ को पहिलो दिन मैले गरेका १३ सँकल्पहरु - रामप्रसाद खनाल

१- गलत व्यक्ति र प्रवृत्तिहरूसँग सधैँ बच्ने र टाढा रहने । 

२- "सङ्गत गुनको फल" भन्ने भनाइलाई पूर्ण रूपमा आत्मसाथ गर्दै सङ्गत गर्न लायक, असल मान्छेहरूसँग मात्र सङ्गत गर्ने ।

३- अगाडि चिप्लो घस्ने र पछाडि ब्याक बाइटिङ्ग गर्नेहरूसँग बच्ने र टाढा रहने ।

४- मित्रताको एक्टिङ गरेर पछाडिबाट छुरा धस्नेहरुसँग कोरोना भाइरसबाट बच्न गरिँदै आएको सोसियल डिस्ट्यान्सिङ फर्मुला कायम गर्ने ।

५- सके सम्म, जाने सम्म, पुगे सम्म सहयोगको भावना अगाडि बढाउने तर दूध खुवाई खुवाई गोमन सर्पहरू पालेर आफैलाई डस्न दिने वातावरण बनाउने काम गर्दै नगर्ने ।

६- एकै पटकमा कुरा सुनेर, भावुक बनेर होइन अगाडि पछाडि हेरेर, बहुतकुछ मूल्याङ्कन गरेर मात्र मान्छेलाई विश्वास गर्ने ताकी धोकेबाजहरूले फेरी धोखा दिन नसकुन् ।

७ - राजनीतिको फोहोरमा पर्दै नपर्ने, स्वतन्त्र भएर बाँच्ने ।

८ - अबका दिनमा आफ्नो लागि मात्र नभएर अरूका लागि पनि झनै निस्स्वार्थ भावले सामाजिक कामलाई अगाडि बढाउने ।

९ - सङ्घ संस्थाहरूमा हुँदै आएको संलग्नता घटाउँदै जाने, निस्स्वार्थ भावले काम गर्ने ।

१० - गीत सङ्गीत, साहित्य, कला, लेखन, धर्म र संस्कृतिका क्षेत्रमा काम गर्ने ।

११ - खान पुगोस्, दिन पनि पुगोस् भन्ने भावले काम गर्ने ।

१२ - असल मान्छे बन्नका लागि गरिँदै आएको यात्रा प्रयत्न अगाडि बढाउने ।

१३- कसैको दिल दुखाएर कहिल्यै पनि कुनै पनि कुरा आर्जन गर्न नपरोस् । त्यस्तो भएर बाँच्न पनि नपरोस् भन्ने मान्यतालाई अझ दृढ बनाउने ।           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक